सुग्रीव साह, भिस्वा, ३ फागुन/
भारतीय सीमा सुरक्षा बल एसएसबीले कस्मेटिक सामानसहित ठूलो परिमाणमा लसुन बरामद गरेको छ ।
नेपालबाट ट्याक्टरमा लगिएको लसुन सूचनाको आधारमा सिकटाको पुरनियाबाट कमान्डेट विकाश कुमारको निर्देशनमा मोतिहारी कस्टम टीमका अधिकारी दीपक कृष्ण, उपकमान्डेन्ट, इन्स्पेक्टर सञ्जय कुमार साह, सिकटाको टोलीले आठवटा ट्याक्टरमा रहेको ६४ हजार किलो लसुन बरामद गरेको हो ।
यसैगरी, लसुनसँगै एकजना ट्याक्टरचालक पक्राउ परेका छन् भने अन्य भाग्न सफल भएको बताइन्छ । यसै घटनामा प्रहरीले एउटा पिकअपबाट ५० लाख मूल्य बराबरको कस्मेटिक सामानसहित दुईजनालाई पक्राउ गरेको छ ।
बरामद भएको लसुन चीनमा उत्पादित भएको एसएसबीको दाबी छ । नेपालको बाटो चीनमा उत्पादित लसुन भारतमा बरामद भएको र बरामद लसुन, गाडी र मानिसलाई आवश्यक कारबाईको लागि मोतिहारी कस्टममा पठाइएको एसएसबीले जनाएको छ ।