प्रस, वीरगंज, ३ फागुन/
हामी नेपाली नामक संस्थाले जीराभवानी गाउँपालिकाका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

वडा नं १ स्थित बालमन्दिर प्राथमिक विद्यालय बिन्टोली महादेवपट्टिमा अध्ययनरत ८५ जना बालबालिकालाई ट्र्याकसुट वितरण गरिएको सामाजिक अभियन्ता प्रकाश थारूले बताए ।

संस्थाकी अध्यक्ष सब्बु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्यद्वय शरद पौडेल, भवानी श्रेष्ठ, वडाध्यक्ष रामशरण खवास, प्रमोद यादव, अजगेवीनाथ चौधरीलगायतको सहभागिता थियो ।

यसैगरी, सो संस्थाले धोबिनी गापाका एकजना अपाङ्गलाई कपडा र खाद्यान्न सहयोग गरेको छ । धोबिनी गापा–३ हरिहरपुर निवासी २३ वर्षका खेमराज पटेललाई संस्थाले खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको सामाजिक अभियन्ता थारूले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here