प्रस, वीरगंज, ३ फागुन/
वीरगज महानगरपालिका–१५ मुर्ली बगैंचामा रहेको शान्ति ट्रेड एन्ड कन्सर्नमा एक साताअघि भएको आगलागीमा लाखौं मूल्यबराबरको क्षति भएको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ ।
खाद्यान्न, कस्मेटिक र मेडिकलका सामानहरू रहेको शान्ति ट्रेड एन्ड कन्र्सनमा माघ २६ गते शुक्रवार बेलुकी करीब सात बजे आगलागी भएको र सो आगलागीबाट करीब रु ४० लाख बढीको क्षति भएको सञ्चालिका इन्दु कुमारीले बताइन् ।
उनले विद्युत् सर्ट भएर आगलागी भएको र सो बखत पसल बन्द नभएकोले वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा थप क्षति हुन नसकेको बताइन् ।