काठमाडौं, ३ फागुन/रासस
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जीतसँगै नामिबियाले दुर्ई अङ्क जोडेको छ । जीतका लागि नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा ग-यो ।
नामिबियाको जीतमा जान फ्रिलिंकले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । त्यसैगरी, जान निकोल लोफिट इटनले ३१ रन बनाए भने मिचेल भान लिङ्गेनले २३ रन बनाए । त्यस्तै, निकोलास डाभिनले १५ रन जोडे ।
बलिङतर्फ नेपालका सोमपाल कामीले तीन र ललित राजवंशीले दुर्ई विकेट लिए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले एक विकेट झारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिड्ढो निम्तो पाएको नेपाल ४१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा समेटिएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बल खेल्ने क्रममा दुर्ई चौका र एक छक्का पनि प्रहार गरे । त्यस्तै, गुलशन झाले २१ रन बनाए । उनले ३१ बल खेल्दै तीन चौका प्रहार गरे र ३८ बल खेलेका करण केसीले तीन चौकाको सहयोगमा १६ रन बनाए ।
कप्तान रोहितकुमार पौडेल १३ बल खेल्दै एक रन मात्रै बनाउन सके भने कुशल मल्लले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा १५ रन बनाए । सोमपाल कामी दुर्ई रनमा आउट हुँदा कुशल भुर्तेलले खाता खोल्न सकेनन् । त्यसैगरी, पवन सर्राफले १२, अनिल शाहले आठ तथा आसिफ शेखले चार रन बनाए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका जजेरार्ड एरास्मसले पाँच विकेट चट्काए । त्यस्तै, ज्याक ब्रासेल र रूबेन ट्रम्पलम्यानले समान दुई/दुई विकेट लिए । अब नेपालले आफ्नो दोस्रो खेल शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ ।