काठमाडौं, २ फागुन/रासस
कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
मलेशियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो ।
ब्याटिङ गर्ने क्रममा वर्षाले खेल प्रभावित बनेको थियो । नेपालले १२ ओभरमा ५० रन बनाउनुपर्ने लक्ष्य पाएकामा ६.५ ओभरमा दुर्ई विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो ।
नेपालको जीतमा कप्तान इन्दु बर्माले सर्वाधिक २२ रन बनाइन् । उनले २१ बलमा एक चौकाको सहायताले अविजित २२ रन बनाएकी हुन् । त्यस्तै सीता रानामगरले १७ रन जोडिन् भने कविता जोशीले अविजित ४ रन बनाइन् । बलिङतर्पm कुवेतकी मारयाम ओमरले एक विकेट लिइन् ।
यस अघि कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मदतमा २९ रन बनाएकी हुन् । त्यस्तै खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३/१३ रन जोडे ।
कुवेतलाई ७३ रनमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रूबिना क्षत्री र कविता कुँवरले समान दुर्ई/दुर्ई विकेट लिए ।
नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । नेपालले समूह चरणको खेलमा हड्ढङ, भूटान र माल्दिभ्सलाई पराजित गरेको थियो । यो जीतसँगै सेमिफाइनल खेलमा नेपालले आयोजक मलेशियाको सामना गर्नेछ ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुर्ई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एशिया कप क्रिकेटमा सहभागिता जनाउन पाउने छन् ।