प्रमोद यादव, पचगावाँ, २ फागुन/
पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलभित्र रहेको पर्यटकीयस्थल दुग्धेश्वर महादेव मन्दिर रामभौरीभाथामा आज वसन्त पञ्चमीको मेला लागेको छ ।

पर्सा, बारा तथा भारत बिहारबाट श्रद्धालुहरूको भीड लागेको छ । वर्षाैदेखि माघे सङ्क्रान्ति, वसन्त पञ्चमी, साउन र वैशाख महीना गरी तीनपटक भगवान शिवलाई भक्तजन जल चढाउन आउने गर्छन् ।

वसन्त पञ्चमीको मेला भर्न शिवभक्तहरूको बिहानैदेखि दुग्धेश्वर महादेव मन्दिरमा घुइँचो लागेको थियो । त्रिवेणीबाट जल भरेर आजैको दिन दुग्धेश्वर महादेवमा चढाउने गरिन्छ । यसका लागि ठूलो सङ्ख्यामा काँवरियाहरू आएका थिए ।

एक महीना समय लगाएर त्रिवेणीबाट जल भरेर काँवरिया बाबाहरूमध्ये आधा दुग्धेश्वर महादेव मन्दिर र आधा भारतको अरेराज मन्दिरमा पुगेर श्रीपञ्चमीको दिन जल चढाउने गर्छन् ।

मानव बस्तीबाट मन्दिरसम्म जाने बाटो धेरै भए पनि नेपाली सेनाले चारभैया पोस्टको मेला समितिको आग्रहमा बाटो खोलेपछि दुग्धेश्वर महादेव मन्दिरसम्म आवतजावत गर्ने भक्तजनलाई सहज भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here