प्रस, निजगढ, २ फागुुन/
निजगढ नगरपालिकाले लगाएको पाँचवटा खोलामध्ये तीनवटा खोलाको ठेक्का हिमानी सप्लायर्स निजगढ नपा–७ बारालाई परेको निजगढ नगरपालिकाको कार्यालयले जनाएको छ ।
नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपसारको ठेक्का बन्दोबस्तीका लागि आर्थिक वर्ष २०८०/०८१ पहिलो पटक एक महीने सूचना प्रकाशित गरी विद्युतीय बोलपत्र आह्वान गरेसँगै बुधवार खोलिएको टेन्डरमा हिमानी सप्लार्यसलाई बकैया खोला, लाल–भक्तलाल खोला, शक्तिखोलाको ठेक्का परेको हो ।
उक्त सप्लार्यसले भ्याट रकमसहित ८ करोड २८ लाख २९ हजार रुपियाँमा ठेक्का पारेको निजगढ नपाले जनाएको छ । विद्युुतीय बोलपत्र द्वारा ठेक्का बन्दोबस्ती सूचना प्रकाशित भएपछि ६ वटा फारम बिक्री भएपनि दुुईवटा ठेकेदार कम्पनीले फारम भरेको निजगढ नपाले जनाएको छ ।
हिमानी सप्लार्यसले अहिलेसम्म निजगढ नगरपालिकाद्वारा लगाइएको खोलाको ठेक्का तीनपटक पारेको हो । यस वर्ष पहिलोपटक ठेक्का लाग्न नसकेको बगर खोला र धन्सार खोलाको ठेक्का पुुनः थप १५ दिने सूुचना प्रकाशित गर्ने निजगढ नपाले जनाएको छ । ठेक्का परेका ती तीनवटा खोलाबाट ७० लाख ६ हजार ६०८ घनफिट अर्थात् १ लाख ९८ हजार ६ सय घनमिटर मात्र नदीजन्य पदार्थ उत्खनन पाइने कानूुनी शर्त छ । ठेक्का लाग्न नसकेको दुुई खोलाबाट ३३ लाख ७० हजार १२२ घनफिट अर्थात् ९५ लाख ५२५ घनमिटर नदीजन्य पदार्थ उत्खनन, ओसारपसार, सङ्कलन गर्न पाइने जनाइएको छ ।