प्रस, वीरगंज, २९ माघ/
जिल्ला प्रहरी कार्यालय, बाराले दुई करोड छ लाख मूल्य बराबरका विभिन्न सामानसहित चारवटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

कलैयाबाट वीरगंज जाँदै गरेको लु.१च ९७५९ नम्बरको पिकअपमा लोड रहेको एक लाख आठ हजार मूल्य बराबरको ५४ बोरा प्याज कलैया उपमहानगरपालिका–२३ बैराठपुरबाट नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय, अमलेखगंजले वीरगंजबाट काठमाडौं जाँदै गरेको ना.६ख ५४९१ र बा.१ ख ९९०९ नम्बरको ट्रकबाट एक करोड ६५ लाख ८० हजार मूल्य बराबरको विद्युतीय सामग्री नियन्त्रणमा लिएको छ ।

त्यस्तै, प्रहरी चौकी पथलैयाले वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ना.३ख ५९६१ नम्बरको ट्रकबाट ४० लाख छ हजार मूल्य बराबरको खुद्रF सामान नियन्त्रणमा लिएको छ ।

यसैगरी, जिप्रका, बाराले कलैया उपमनपा–१ देवकोटा चोकबाट लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ । ना.५६प ८७७१ नम्बरको मोटरसाइकलमा सवार निजगढ नपा–६ योजनाटोल बस्ने २९ वर्षीय हेमबहादुर थापा र २१ वर्षीय आशिष तामाङलाई लागूऔषधसहित पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।

उनीहरूको साथबाट डाइजेपाम ५६, फेनारगन ५३, नुर्पिmन ५३ एम्पुल र ट्रामानिल ६५० थान बरामद भएको जिप्रका, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here