प्रस, वीरगंज, ७ माघ/
आठौं प्याब्सन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा मनकामना मावि विजयी भएको छ ।
आदर्शनगर क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा मनकामना माविले अल्पाइन माविलाई २४६ रनको फराकिलो अन्तरले पराजित ग-यो ।
टस जितेर ब्याटिङ गरेको मनकामनाले पूरै ओभर खेलेर छ विकेटको क्षतिमा २९४ रन बनाएको थियो । मनकामनाका असानुल हकले ८४, राहुल ठाकुरले ५५ र सन्नी कुशवाहाले ३९ रन बनाएका थिए । अल्पाइनका अभिराज यादव र आदित्यराज पाण्डेले दुई/दुई विकेट लिएका थिए ।
प्रत्युत्तरमा अल्पाइनले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ४८ रनमा सीमित भयो । अल्पाइनका आलोक पटेल नटआउट हुँदै १० रन र मनीष यादवले पाँ रन बनाएका थिए । मनकामनाका रोबिन कुमालले पाँच विकेट लिएका थिए भने सलमान मलिकले तीन विकेट लिए । यस खेलको ‘म्यान अफ दी म्याच’ मनकामनाका असानुल हक घोषित भएको प्रतियोगिताका संयोजक अमित आलोकले बताए ।