प्रस, निजगढ, ५ माघ/
युुथ अफ निजगढले शुुक्रवार बिहान निश्शुल्क दाउरा वितरण गरेको छ । करीब तीन सातायतादेखि निरन्तरको शीतलहरले चीसो बढेसँगै पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढस्थित बकैया, जमुनापैनी, बुद्धचोक, बसपार्क, शहीदचोकका विभिन्न स्थानमा सार्वजनिकरूपमा आगो ताप्नको लागि दाउरा वितरण गरेको संस्थाका अध्यक्ष कमल सुुवारले जानकारी दिए ।
युुथ अफ निजगढले स्थानीय बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूहबाट एक ट्याक्टर दाउरा किनेर सार्वजनिक स्थानमा वितरण गरेको हो । वितरण गरिएको दाउरा सडक आसपासका सार्वजनिक स्थानमा बाल्दा राजमार्ग भएर आवतजावत गर्ने प्रायः मोटरसाइकलमा सवार गर्नेहरू, बसको प्रतीक्षामा रहेका यात्रुुहरू, हाटबजारमा किनमेलमा आउनेहरू र स्थानीयहरूले ताप्ने गरेका छन् । अत्यधिक चीसोले यात्रु र स्थानीइ कठ्याङ्ग्रिन थालेपछि संस्थाका पदाधिकारीहरूबीच छलफल गरी दाउरा वितरण गरिएको संस्थाका उपाध्यक्ष कमल पराजुुलीले बताए । दाउरा वितरण कार्यमा संस्थाका पूूर्वअध्यक्ष उषा लामा, महासचिव सन्तोष पौडेल, कोषाध्यक्ष अशोक श्रेष्ठ, सहसचिव रवि सापकोटा, सदस्य प्रह्लाद तिमल्सिना, नवराज घिमिरे, समीर थोकरलगायतको सहभागिता थियो ।
अघिल्ला वर्षहरूमा पनि जाडोयाममा संस्थाले दाउरा वितरण गरेको थियो । विश्वव्यापी कोभिडको महामारीमा पनि संस्थाले स्वास्थ्यसम्बन्धी जनचेतनामूूलक कार्यमा महीनौं दिनसम्म सक्रियता देखाएको थियो । विगत १० वर्षदेखि फागुु पूूर्णिमाको अवसरमा प्रि–होली कन्सर्ट आयोजना गरी राष्ट्रिय कलाकारहरूको प्रस्तुति र स्थानीय कलाकारहरूको प्रतिभा प्रस्तुति गर्न हौसला बढाउन महŒवपूर्ण भूूमिका निर्वाह गर्दै असहाय, अपाङ्ग, गरीब, विपन्न, आगलागीपीडित, मिर्गौला, मुुटु, क्यान्सरका बिरामीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउँदै सामाजिक क्षेत्रमा विभिन्न कार्यमा सक्रिय रहँदै आएको छ ।