प्रस, निजगढ, ५ माघ/
संरक्षित सूचीमा रहेको पाटेबाघको सङ्ख्यामा वृद्धि भएपछि निकुञ्जका पदाधिकारी खुशी भएपनि जङ्गल आसपासका बासिन्दाहरू भयभीत भएका छन् । बाघले पशुचौपायामाथि आक्रमण गरेपछि जङ्गलछेउका बासिन्दाहरू अहिले आतङ्कित छन् ।

केही दिनअघि निजगढ नगरपालिका–११ रतनपुुर चौकीसँगै जोडिएको गोठमा बाँधिएर राखिएको जर्सी गाई र पाडीलाई आक्रमण गरी बाघले मारेको थियो । त्यसपछि सो क्ष्Fेत्रका बासिन्दाहरू त्रसित छन् ।

त्यस्तै, पछिल्लो अढाई महीनामा निजगढ–१० लाल, वडा नं ११ रतनपुर, १२ चीसापानी, घैयाखोरिया, बुुङ्गजोर, रामथली, बारथली, कुुलिया, वडा नं १३ डम्बरपुर, नयाँ बानेश्वर, भक्तलाललगायतका बस्ती साबिक रतनपुुर गाविस पाटेबाघको आतङ्कले भयभीत छन् । केही महीनाअघि चरिचरणका लागि सामुुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा लगिएका खसी, बाख्रा, गाईलगायत चौपायामाथि बाघले आक्रमण गर्न थालेपछि सो क्षेत्रका बासिन्दाहरूमा त्रास बढेको निजगढ–११ का अध्यक्ष सहइया गुुरोले बताए ।

गोठमा बाँधेर राखेको जर्सी गाईलाई मङ्गलवार बिहान बाघले झम्टेर घाइते बनाएको निजगढ–११ रतनपुर चौकीटोलका ६२ वर्षीय डिल्लीप्रसाद काफ्लेले बताए । गोठमा पुग्दा बडेमानको बाघले गाईको रगत चुसिरहेको ५५ वर्षीया योगकुमारी काफ्लेले बताइन् । उनले भनिन्– ब्याउनी जर्सी गाई थियो, बाघले गोठमा नै मा¥यो डेढ लाख रुपैयाँभन्दा बढीको क्षति भयो ।

त्यसैगरी, बुधवार सामुुदायिक वन क्षेत्रमा खसी, बाख्रा, बोका चराउँदै गर्दा एउटा बोकालाई बाघले झम्टेर भुइँमा लडाएको र आफूले कराउँदै कमरमा भिरेको खुुकुुरी लिएर अघि बढेपछि बाघ भागेको निजगढ नपा–११ रतनपुुर चौकी टोलका ४२ वर्षीय जीतबहादुर श्रेष्ठले बताए । सो दिन ११ वटा खसी, बाख्रा, बोका बाघले मारेको स्थानीय धनबहादुर खुुलालले बताए । रतनपुुर बस्ती र हाटबजार क्षेत्रबाट तीन सय मिटर जङ्गल र निजगढतर्पm आउने मूूल कालोपत्रे सडकदेखि डेढ सय मिटर पर दिउँसै बाघले चौपायामाथि आक्रमण गरेपछि अहिले सो बाटो भएर हिंड्नसमेत स्थानीयहरू त्रसित भएका जनमुखी सामुुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगजीवन कुुमरले बताए ।

दिउँसै बाघको आक्रमणले निजगढ नपा–१०, ११, १२ र १३ गरी चारवटा वडाका हजारौं मानिस भयभीत रहेका वडाध्यक्षहरू आशाकाजी श्रेष्ठ, सहइया गुरो, ज्ञानबहादुुर गोले र सूूर्य घलानले बताए ।

यसअघि गत पुुस २९ गते निजगढ नपा–१० लाल पर्तीटोलका सानोमान जिम्बाको खोरमा रहेको बाख्रा बिहानीपख बाघले मारेको थियो । सोही वडाको सुन्दरबस्तीका श्यामलाल बमजनको घरगोठमा रहेको पाडा पनि बाघले मारेको थियोे । गत पुुस २८ गते सोही बस्तीका शङ्करसिंह टुुप्पाको घरगोठमा रहेको गाई र बाछीलाई पनि बाघले मारेको थियोे । निजगढ नपा–११ रतनपुुर दक्षिणटोलमा पुुस २६ गते गोठमा रहेको राँगालाई बाघले मारेको थियो । गत पुुस २५ गते निजगढ नपा–१२ पशुपति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रभित्र चरिचरण गरिरहेका १० वटा खसी, बाख्रा, बोका बाघले मारेको रतनपुुर सबडिभिजन वन कार्यालयका अधिकृत नीरज साहले बताए ।

बस्तीमा नै पसेर बाघले आक्रमण गर्न थालेपछि पर्सा राष्ट्रिय निकुञ्ज आसपासका बस्ती निजगढ, लाल, चीसापानी, रतनपुुर, बुुङ्गजोर, रामथली, बारथली, कुुलिया, भक्तलाल, डमरपुुर, चकरी, पिलुुवा, पथलैया, अमलेखगंजका स्थानीयहरू त्रसित छन् ।

पर्सा राष्ट्रिय निकुुञ्ज विस्तार हुुनुुअघि १८ वटा बाघ थिए, अहिले सङ्ख्या बढेर ४१ वटा पुुगेको सन् २०१८ को बाघ गणनाको तथ्याङ्कले देखाएको छ ।

बाघको आक्रमण बढेसँगै सुुरक्षित भई बस्न निकुञ्ज कार्यालयका कर्मचारीहरूले स्थानीयलाई सजग बनाउँदै दुुईवटा क्यामेरा निकुञ्जले बिहीवार जडान गरी बाघको गतिविधि निगरानी शुरू गरेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय, आधाभार, बाराका संरक्षण अधिकृत सन्तोष भगतले बताए ।

पहिले निकुञ्जको कुल क्षेत्रफल ४९९ वर्ग किलोमिटर थियो । पूर्व–पश्चिम महेन्द्र राजमार्गसँगैको उत्तर–पूूर्वतर्पmको १५ हजार ९९१ हेक्टरलगायत १२७ वर्ग किलोमिटर वन क्षेत्र थप गरिएपछि अहिले ६२७ वर्ग किलोमिटरमा निकुुञ्ज क्षेत्र विस्तार हुुन पुुगेको छ । जसले गर्दा निकुुञ्जको वन क्षेत्र बस्ती आसपास फैलिएसँगै बाघ, हात्ती, चितुुवा, भालुु जस्ता वन्यजन्तुुको त्रास बस्तीमा बढेको छ ।

बँदेल, घोडगधा, बाँदर, हरिण, मृग, चित्तल जस्ता वन्यजन्तुुको हुुलले बालीनालीसमेत नष्ट गर्ने क्रम रोकिएको छैन । बाघ, हात्ती, चितुुवा जस्ता वन्यजन्तुु वृद्धिले निकुुञ्ज कार्यालय खुुशी भएपनि वन्यजन्तुुको भय, त्रास, आतङ्कले स्थानीय त्रसित र दुुःिखत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here