प्रस, जनकपुर, २९ पुस/
जनकपुरका उद्योगी–व्यापारीहरूले बैंकहरूविरुद्ध विरोध प्रदर्शन गरेका छन् । आइतवार पीडित उद्योगी–व्यवसायी सङ्घर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरूविरुद्ध प्रदर्शन गरेको थियो ।

बैंकको चर्को ब्याजविरुद्ध जनकचोकबाट उद्योगी–व्यवसायीपीडित सङ्घर्ष समितिले विरोध -याली निकाल्दै राष्ट्र बैंकअगाडि पुगेर धर्नामा परिणत भएको थियो ।

समितिका संयोजक सुधीर पञ्जियारले नेपालमा आफूहरूलाई गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरूसँग आग्रह गरे । उनले व्यापारीहरूले आठ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पु¥याउँदासमेत चुप लागेर बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । बैंकर्स तथा वित्तीय संस्थाहरू सामन्ती बनिरहेको आरोप लगाउँदै उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक लिलाम नराख्नका साथै कालोसूचीमा नराख्न माग गरेका छन् । उनले आफूहरूको माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here