रौतहटको चन्द्रपुर नगरपालिका–४ का केदारप्रसाद तिमिल्सिनाले यसपटकको जाडोमा न्यानो कपडा वितरण गर्न सकेका छैनन् । कारण आर्थिक समस्या । उनी ईरिक्सा चलाउँछन् र सोबाट हुने आम्दानीबाट जाडोमा न्यानो कपडा पनि सहयोग गर्दै आएका थिए । उनको यो अभियानमा विभिन्न संस्था, व्यक्तिहरूको पनि सहयोग हुने गर्दथ्यो । अरूको सहयोगमा तिमिल्सिनाले आप्mनो सवारीबाट जाडोमा अभाव झेलिबसेकाहरूलाई उनीहरू बसेकै स्थानमा गएर सहयोग गर्दै आएका थिए । चन्द्रपुर, गुजरा नपाका केही वडाहरूका विपन्न परिवारलाई उनको पहलमा न्यानो कपडा, टोपी नपाले वितरण गरेको छ । तर उनले आपूmले गर्ने सहयोगबाट वञ्चित हुनुपरेकोमा विस्मात् मानेका छन । उनले चलाउने ईरिक्साबाट अहिले कमाइ मरेको छ । पहिले ईरिक्साको कमाइबाट उनले यस प्रकारको सहयोगमा सहभागिता जनाउने गर्थे । अहिले चुनाव पनि छैन, हैन भने चुनावताका मासु, चामल नेताहरूले उपलब्ध गराउने र उनले घरघरमा पु¥याउने काम गरेका थिए । चुनाव सकिएपछि गरीब, दीनदुःखी, विपन्नलाई चासो राखेर सहयोग गर्ने नेताहरू कमै छन् । स्थानीय तहले जाडो याममा विद्यार्थी, वृद्ध, गरीब, विपन्नहरूलाई लक्षित गरेर न्यानो कपडा वितरण गर्दै आएका छन् । पालिकाहरूबाट वितरण हुने यस प्रकारका सहयोगहरू कार्यकर्ता, भोटर लक्षित हुने गरेको छ । वास्तविक गरीब, दीनदुःखी, विपन्नहरू वितरण लिस्टमा कमै पर्छन् । जाडो याममा सिरक, न्यानो कपडा वितरण गर्ने काम जारी छ । वीरगंजमा पनि विभिन्न सङ्घसंस्थाहरू, व्यक्तिले वार्षिकोत्सव, जन्मदिन आदिको अवसर पारेर न्यानो कपडाहरू वितरण गर्दै आएका छन् । महानगरपालिकाले पनि विभिन्न जातजाति, गरीब, दीनदुःखीहरूलाई यस प्रकारको सहयोग गर्दै आएको छ । वडा कार्यालयहरूले पनि विद्यार्थीहरू, वृद्धवृद्धाहरूलाई न्यानो कपडा वितरणलाई अहिले तीव्रता दिएको छ । यसो हुँदैमा सबै गरीब, दीनदुःखी, विपन्न जाडोको प्रकोपबाट जोगिएका छन् भनेर सोच्नुभएन । किनभने हामीहरू यस्तो वितरण कार्य नाम र चर्चाका लागि बढी र आवश्यकता भएकाहरूलाई कम वितरण गर्छौैं जसले गर्दा वितरणको प्रभावकारिता देखिएको छैन । बालसुधार गृह, कारागार आदिमा विभिन्न सङ्घ संस्थाहरूले सिरक, न्यानो कपडा वितरण गरेको सुनिन्छ, जबकि त्यहाँ बस्नेहरूलाई राज्यले व्यवस्था गरेको हुन्छ । मानवसेवा आश्रम, वृद्धाश्रम अनि सडकपेटी र बस्तीहरूको गणना गर्ने त्यहाँ कतिजनालाई आवश्यकता छ, सो अनुरूपका सामानहरू वितरण गर्ने । तर त्यस्तो नगरी देखासिकी प्रचारबाजीका लागि एकजना, एउटै संस्था, बस्तीमा गएर वितरण गरेको देखिन्छ, सुनिन्छ, यसो गर्दा प्रचारबाजी त हुन्छ, तर उद्देश्य प्राप्त भने हुँदैन ।
अहिले पालिका र वडा कार्यालयहरूमा यस प्रकारको कार्य गर्ने अधिकार र बजेट विनियोजन गरिएको छ । वडामा भएका बस्तीहरूका गरीब, विपन्न परिवारको गणना गर्ने, उनीहरूका लागि आवश्यक वस्तु पहिचान गर्ने र सो अनुरूप सहयोग गर्दा सहयोग पाउनेको पनि उद्धार हुन्छ । एउटै व्यक्ति, संस्थाले एकै प्रकारको सहयोग गर्दा कसैको आवश्यकता पनि पूरा नहुने र सहयोगको दुरुपयोग पनि हुने खतरा हुन्छ । चन्द्रपुरका तिमिल्सिना एक्लैको प्रयासमा गतिलो काम भएको महसूस गरिंदै छ । तर सुविधासम्पन्न पालिका, संस्था, व्यक्तिले यस प्रकारको प्रयास गर्न सकेका छैनन् जसले गर्दा बर्सेनि प्रचारमुखी वितरण मात्र भइरहेको छ ।