प्रस, वीरगंज, २२ पुस/
आशा किरण केन्द्रको वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गर्दै सुस्त मनस्थिति भएका बालबालिकाहरूको हेरचाह, अध्ययनमा सक्रिय केन्द्रको प्रशंसा गरे ।
उनले सकारात्मक र समाजका लागि आवश्यक कार्यमा महानगरले हरसम्भव सहयोग गर्ने बताए । सिद्धार्थ मावि वीरगंजमा सञ्चालित केन्द्रमा सुस्त मनःस्थितिका बालबालिकाहरूलाई दिवा हेरचाह, अध्ययन, खेलकूद र मनोरञ्जनलगायत अतिरिक्त क्रियाकलाप निश्शुल्क गराउँदै आइरहेकोले घरबाहिरसमेत ल्याउन नमान्ने परिवारले अहिले केन्द्रमा भर्ना गरिरहेको केन्द्रकी नूतन सरावगीले बताइन् ।
कार्यक्रममा पूर्वनगरप्रमुख विजय सरावगी, महानगरका सद्भावनादूत अशोक बैद, शिक्षा शाखा प्रमुख अरविन्दलाल कर्ण, वडाध्यक्ष आशुतोष चतुर्वेदी, प्रकाश थारू, कमल चौगाईं, लक्ष्मी थापा, महेशसिंह धामीलगायतको सहभागिता रहेको केन्द्रका महासचिव राजन श्रीवास्तवले बताए ।