प्रस, वीरगंज, २१ पुस/
पकाहामैनपुर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत उदयशङ्कर चौधरीमाथि शुक्रवार केही व्यक्तिहरूले दुव्र्यवहारको प्रयास गरेका थिए ।
शिक्षक पदपूर्ति परीक्षा व्यवस्थापन गर्ने क्रममा केही व्यक्तिहरू कार्यालयमा पुगेर सूचना माग गर्ने बहानामा प्रमुख प्रशासकीय अधिकृत चौधरीसँग दुव्र्यवहारको प्रयास गरेका स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष सुधांशु शेखर प्रसादले विज्ञप्ति जारी गर्दै बताए । उनले यस्तो प्रयास रोक्न र दोहो¥याउने कार्य भएमा सेवा बन्द गरी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।