प्रस, वीरगंज, २० पुस/
पर्सा जिल्लामा साइबर अपराधका घटना बढिरहे पनि प्रहरीले त्यसलाई नियन्त्रण गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले साइबर अपराधका घटना दैनिकरूपमा बढिरहेको बताए । उनले दैनिक सातवटासम्म साइबर अपराधका घटनासम्बन्धी निवेदन दर्ता भइरहेको बताए ।
साइबर अपराधका घटनाहरू वृद्धि भइरहे पनि नियन्त्रण हुन सकेको छैन । ह्याकरहरूले विभिन्न व्यक्ति, संस्था, प्रतिष्ठानका फेसबूक प्रोफाइल, पेज ह्याक गरेर अश्लील तस्वीर राखेर बदनाम गरेर ठगी गर्ने गरेका छन् ।
पछिल्लो समयमा यो क्रियाकलाप निकै बढेको छ । यसो त साइबर अपराध अन्तर्गत फेसबूक प्रोफाइल ह्याक गर्ने कार्य एक दशकअघिदेखि भइरहेको छ । त्यतिखेर यस विषयमा खासै चासो राखिन्थेन र मानिसहरूले चालू फेसबूक प्रोफाइल बन्द गरेर नयाँ सञ्चालन गर्थे । तर अहिले ह्याकरले फेसबूक प्रोफाइल र पेज ह्याक गरेर प्रयोगकर्ताहरूको आधिकारिकता पनि आप्mनो कब्जामा गरेर त्यसको दुरुपयोग गर्दै आएका छन् । जसले गर्दा प्रयोगकर्ताले आप्mनो फेसबूक प्रोफाइल, पेज बन्द गर्न नसक्ने र बदनामी बेहोर्नुपर्ने अवस्था छ ।
जिप्रका, पर्साका प्रवक्ता थापाले हाम्रFे देशमा फेसबूकको कार्यालय नभएको र साइबर ब्युरोमार्फत प्रदेश, केन्द्रका साइबर ब्युरोमार्फत सिङ्गापुरमा रहेको एशिया महादेश हेर्ने मेटा फेसबूकमा उजूरी गर्ने र ह्याक भएका फेसबूक प्रोफाइल, पेज ब्लक गर्ने कार्य भइरहेको बताए । प्रवक्ता थापाले फेसबूक ह्याक नहोस् भनेर प्रहरीले सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले विद्यार्थीहरूलाई यससम्बन्धी जानकारी गराएर सचेत गराउने कार्य भएको बताए ।
वीरगंजमा रहेको विनोद मोबाइल सप्लायर्सका कुन्नु रौनियारले दुई महीनादेखि आफ्नो फेसबूक ह्याक भएपछि हैरान भएको तर समस्याको समाधान नभएको बताए । उनले आप्mनो प्रोफाइल ह्याक भएपछि सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, पर्सामा दशौंपटक धाइसकेको बताए । यसको अलावा साइबर क्राइम ब्युरो काठमाडौंमा गएको तर त्यहाँबाट जिल्ला, प्रदेश भएर निवेदन आउनुपर्ने भनेर फर्काइएको बताए । उनले जिल्ला प्रहरी कार्यालय, पर्सामा चिनजानको मान्छेमार्फत पनि ह्याक गरिएको पेज, अकाउन्ट बन्द गराउन अथक प्रयास गरिएको तर अहिलेसम्म समाधान नभएको बताए ।
प्रउकै फेसबूक ह्याक
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहको फेसबूक अकाउन्ट ह्याक भएको छ । उनको अकाउन्ट ह्याक गरेर ह्याकरले अश्लील फोटो राखेपछि प्रउ शाह दुई दिन काठमाडौं बसेर समाधानको लागि प्रयास गरेका थिए तर उनको प्रयास पनि अहिलेसम्म सफल भएको छैन ।
कृषि ज्ञान केन्द्र, पर्साका कामेश्वर यादवको फेसबूक अकाउन्ट एक महीनादेखि ह्याक भएको छ । यसैगरी, मोबाइलको कारोबार गर्ने उदय पाल, शान्ति मेडिकल हलका सञ्चालक विनोद सर्राफ र घण्टाघर टिभीको पेज पनि ह्याक भएको छ । ह्याकरले पसर्छेली पत्रकारहरूमध्ये एक दर्जनभन्दा बढीको पेज, प्रोफाइल ह्याक गरेका छन् ।
साइबरसम्बन्धी जानकार एकजनाले फेसबूक, ह्वाट्सएप, मैसेन्जरको आधिकारिक मागबाहेक व्यक्तिविशेषलाई पासवर्ड, ओटिटी नदिन सुझाएका छन् । यसका साथै आप्mनो पासवर्ड लामो, बलियो राख्नुका साथै प्रत्येक तीन महीनामा पासवर्ड परिवर्तन गर्नुपर्ने सुझाव दिए । त्यस्तै, फेसबूक टाइमलाइनमा देखिने विभिन्न आकर्षक विज्ञापन तथा सित्तैमा प्रिमियम सप्mटवेयर, एप डाउनलोड गर्ने विज्ञापन क्लिक गर्दा पनि ह्याक हुने सम्भावना बढेकाले त्यस्तो नगर्न सुझाएको छ ।
त्यस्तै इमेल, एसएमएस, ह्वाट्सएपमा नगद उपहार परेको भन्दै मोबाइल नम्बर, पासवर्ड, ओटिटी माग गर्ने र त्यस्ता भर्नेहरू पनि ह्याकरको फन्दामा पर्ने गरेका छन् ।
यसअघि चिठा परेको भनेर मैसेन्जर, इन्स्टाग्राम, इमेल, ह्वाट्सएप आदिबाट मानिसहरू ठगिंदै आएका छन् । अहिले भने फेसबूक प्रोफाइल, पेज ह्याक गर्ने र सम्बन्धित व्यक्ति र उनका आफन्तजनसँग ठगी गर्ने गरेको तथा नदिएमा अश्लील फोटो राख्ने, चर्चित फेसबूक पेजमा अन्य कम्पनीको विज्ञापन राख्ने गरिएको छ । यस्ता कार्यहरू एशिया महादेशबाहेकका ह्याकरहरूले गरिरहेको प्रहरीले दाबी गरेको छ ।