• डा शिवशङ्कर यादव

पाठकवृन्द, गताङ्कमा मानसिक कारणले हुने कोरोनरी आर्टरी डिजिज सम्मको वर्णन सकिएको थियो । अब पोस्टकार्डियक सर्जरी डेलिरियम अथवा हार्ट सर्जरीपछिको डेलिरियम : यो आइसियु सिन्ड्रोमजस्तै हुन्छ । आइसियु सिन्ड्रोममा आइसियुमा राखेर उपचार गरिएका बिरामीमा विभिन्न मानसिक र शारीरिक गडबडी देखिएको छ । त्यही खालको लक्षण यहाँ पनि पाइन्छ जुन मुटुको अपरेशन गरेपछि २४ देखि ४८ घण्टामा देखिन्छ र त्यस्तो रोगीमा बढी हुन्छ, जो अपरेशनबाट धेरै डराएको हुन्छ । यसबाहेक मस्तिष्क–रोग भएमा, आइसियुको वर्जित वातावरणको डर, चिन्ता तथा इलेक्ट्रोलाइटको असन्तुलनले पनि हुन्छ । यस्तो नहोस् भनेर सर्जरीपूर्व, चिन्ता र डिप्रेशन नहुने औषधि दिएर रोगीलाई अपरेशन स्वीकार गर्ने स्थितिमा ल्याइन्छ । आइसियुमा रोगीको समयको व्यवस्था राम्ररी मात्र गर्ने मात्र होइन, आइसियुको नियमविपरीत परिवारको एकजना सदस्यलाई त्यहाँ बस्न पनि दिनुपर्छ । डेलिरियम जीवनको लागि घातक हुन्छ, तसर्थ रोगीलाई आइभी लाइफलाइनमा राख्नुपर्छ र त्यसमा डाइजिपाम र हेलोपेरिडोल प्रत्येक आधाआधा घण्टामा दिइन्छ । त्यसपछि जबसम्म डेलिरियम काबूमा आउँदैन, कम खुराकमा हेलोपेरिडोल दिनुपर्छ । हेलोपेरिडोलको साथ एन्टिकोलिनर्जिक ओषधि दिनुहुँदैन किनभने त्यसले डेलिरियमलाई झन् बढाइदिन्छ ।

वेदना (ग्रीफ) : वेदनाको मतलब हुन्छ असीम आन्तरिक वा मानसिक पीडा, जुन कडा डिप्रेशन वा अवसादभन्दा भिन्न हुन्छ तथा कुनै सम्बन्धीको मृत्यु, कुनै ठूलो व्यापारिक घाटा, समाजमा छवि मटियामेट पारीदिने काम भएपछि हुन्छ । यो वेदना प्रायः स्वाभाविक हुन्छ जसको भर्पाई समयले गर्छ तथा मनोचिकित्साको आवश्यकता हुँदैन । तर कहिलेकाहीं जटिल वेदना व्यवस्थापनको लागि चिकित्सक वा मनोचिकित्सकलाई बोलाइन्छ र बोलाउनुपर्छ । लन्डनको डा. जान वाउल्वीले १९६१ मा वेदनाको चार चरण बताए : शाक, प्रोटेस्ट वा विरोध, डिस्पेयर वा विचलन र डिटैचमेन्ट वा अलगाव । वेदनाको पहिलो चरणमा मान्छे प्राय शFक अथवा आघातमा हुन्छ र घटनालाई अस्वीकार गर्छ । जस्तै कसैको मृत्यु भएको छ भने ऊ भन्छ भएको छैन । यो स्टेज केही घण्टा मात्र रहन्छ तर कहिलेकाहीं दुई सप्ताहसम्म पनि रहन सक्छ । जब मान्छेलाई घटनाको सम्पूर्ण क्षतिबारे जानकारी हुन्छ तब विभिन्न मानसिक वा शारीरिक लक्षण देखा पर्छ । यो कराउने, कमजोरी, भोकमा कमी र सFस लिनसमेत कठिनाइको रूपमा प्रकट हुन्छ । यो चरण लगभग चारदेखि ६ हप्ताको हुन्छ तर कहिलेकाहीं ६ महीनासम्म पनि जान सक्छ । त्यसपछि मान्छेले मृतकको अवगुण बिर्सेर उसका भिन्नभिन्न असल बानीको कुरा मात्र गर्छ । उसलाई मृतकको स्पष्ट छवि, अस्पष्ट सपना वा विचारको रूपमा प्रकट हुन्छ । यथाः मृतक समाजप्रति कति जागरुक थियो भन्ने कुराको वर्णन गर्छ । उसले अरूको अनुहारमा पनि मृतककै अनुहार देख्छ । अर्थात् अरू वा जोकसैलाई उही हो भन्छ । त्यस्तो व्यथित मान्छे समाजबाट थोरै अलग हुने, पैनिक एटैक हुने, अपराधबोध हुने, आपूmप्रति र कामप्रति रुचि कम हुने, हरदम आपूm र आप्mनो विचारलाई मृतकको विचारसँग जोडिरहने, डिप्रेशन र आत्महत्याको विचारसमेत देखा पर्छ । अपराधबोधको नमूना म स्वयं हुँ जब बुवाको निप्रोस्थेसिस लगाउनुभन्दा पहिले नै बुवा स्वर्गे हुनुभयो । मेरो मन अहिलेसम्म दुखिरहन्छ कि समयमा निप्रोस्थेसिस लगाएको भए बुवा अहिले जीवित हुन्थे । अन्तमा मान्छेमा पुर्नव्यवस्थित हुनु र संसारसँग पुनर्संयोजनको चरण आउँछ ।

ग्रीफ दुई प्रकारको हुन्छ । पहिलो सामान्य जुन आफैं ठीक हुन्छ र दोस्रो असामान्य ग्रीफ जुन सामान्य ग्रीफको मात्रा बढी भएमा देखा पर्छ । जुन महीना दिनभित्र आफैं निको हुँदैन, त्यो वेदना रोग बन्छ । असामान्य वेदना पनि दुई प्रकारको हुन्छ : पैथोलोजिकल र कम्लिकेटेट वा जटिल । कम्लिकेटेडमा वेदनाको लक्षणसँगै न्युरोटिकदेखि साइकोटिक लक्षण पनि देखिन्छ । यस्तो लक्षणमा हिस्टेरिया, मैनिया र कडा साइकोटिक लक्षण देखा पर्छ जुन यसका उपप्रकार हुन्स यथाः हिस्टेरिक, मैनिक र साइकोटिक । त्यस्तै पैथोलोजिकल पनि तीन प्रकारको हुन्छ : क्रोनिक, डिलेड र इह्निविटेड । क्रोनिक ६ महीना भन्दा बढी चल्छ । डिलेडको शुरूआत आफन्तको मृत्यु वा सम्पत्ति नाश भएको दुई महीनापछि हुन्छ । मलाई एकजना पुलिस इन्सपेक्टरको सम्झना छ । माओवादी युद्धका बेला उनले नोकरी छाडेर सिमेन्टको व्यापार गर्ने सोच बनाए । जागीर पनि गयो र सिमेन्टको व्यापार पनि चौपट भयो । अब डिप्रेशन इन्सपेक्टरमा होइन, उनकी पत्नीमा देखियो । उपचार चल्न थाल्यो । धन्य इन्सपेक्टरको भाग्य १ माओवादी आतङ्क सामान्य भएपछि उनको नोकरी फेरि कायम भयो र इन्सपेक्टरनी साहिबा पहिलेजस्तै ठीक भइन् । उपचारभन्दा नोकरी कायम भएकोले बढी असर ग¥यो । इह्निविटेडमा क्षतिको अस्वीकृति, अत्यधिक चिन्ता, अपराधबोध, क्रोध र धार्मिक प्रकारको वेदना हुन्छ । मान्छेले आप्mनो पहिचान मृतकका साथ जोड्ने, मृतकबारे विचारमग्न रहने तथा मृतकको वार्षिकीमा विभिन्न मनोभावको उतार चढाव आदिबाट गुज्रनेजस्ता लक्षणहरू देखा पर्छ ।

उपचार : सामान्य वेदनाको लागि उपचार आवश्यक हुँदैन । चिन्ता हटाउने सानो औषधि छोटो समयको लागि दिए पुग्छ । तर पैथोलोजिकल र जटिल वेदनामा लक्षण अनुसारको औषधि आवश्यक हुन्छ, जसको लक्ष्य र दबाब के हुन्छ भने मान्छे आप्mनो अस्वीकृति त्यागेर वास्तविकताको सामना गरोस्, खुला हावामा राखेर मान्छेको कैथार्सिस होस्, वर्तमानका प्रमुख समस्या र बालबच्चातिर ध्यान मोडियोस् । कहिलेकाहीं त्यस्तै प्रकारको क्षति भएको अर्को मानिसलाई उपस्थित गराएर एक अर्काको वेदना साटासाट गरेर दुःख बाँडियोस् भन्ने प्रयास पनि गरिन्छ । यसरी रोगीको लक्ष्य र भावी कर्तव्यप्रति ध्यान आकृष्ट गराउने आदि प्रयास गरिन्छ । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here