प्रस, वीरगंज, १९ पुस/
जिल्ला प्रहरी कार्यालय, बाराले इटाभट्टामा ज्यालादारी गर्ने ३४ जना भारतीय नागरिकको उद्धार गरी भारतीय एसएसबीको जिम्मा लगाएको छ।
बिहीवार दिउँसो पचरौता नगरपालिका–७ बेनौलीस्थित साफा इँटा उद्योगमा अलपत्र अवस्थामा रहेका १० जना महिला, १५ जना बालबालिका र नौजना पुरुषको उद्धार गरी भारतीय एसएसबीको जिम्मा लगाइएको जिप्रका, बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन्।