प्रस, वीरगंज, १९ पुस/

जिल्ला प्रहरी कार्यालय, बाराले भन्सार छलीको प्याज, कपडा र खाद्यान्न नियन्त्रणमा लिएको छ। बारा प्रहरीले परवानीपुर गाउँपालिका–५ बाट ना.५ च १७५९ नम्बरको पिकअपबाट १,१५००० मूल्य बराबरको ५५ बोरा प्याज नियन्त्रणमा लिएको हो।

त्यस्तै पथलैयाबाट यात्रीवाहक बसबाट प्रहरीले २५ हजार मूल्य बराबरको साडी, लहँगा, झुल नियन्त्रणमा लिएको छ भने सिम्रौनगढ नगरपालिका–९ बसवरियाबाट १५ हजार मूल्य बराबरको खाद्यान्न नियन्त्रणमा लिएको प्रवक्ता प्रनाउ न्यौपानेले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here