शरीरको सामान्य तापमान ९८.६ डिग्री फरेनहाइट हुन्छ। स्टैनफोर्ड मेडिसिनले हालै गरेको अध्ययन अनुसार हरेक व्यक्तिको शरीरको तापमान अलग–अलग हुन सक्छ। उमेर, लिङ्ग, वजन र उचाइले पनि मानव शरीरको सामान्य तापमानलाई प्रभावित गर्छ।

शोधकर्ताका अनुसार शरीरको तापमान दिनभरिमा उतारचढाव भइरहन्छ। यसभन्दा पहिले गरिएका अन्य शोधमा सामान्य तापमान ९८.६ डिग्री फरेनहाइट हुने अवधारणामा गलती पाइएको छ।

शरीरको सामान्य तापमान कसरी थाहा पाउने ? मानव शरीरको सामान्य तापमान ९८.६ को मानक १५० वर्ष पहिले जर्मनका चिकित्सक डा कार्ल वन्डरलिचले बनाएका थिए। उनले १० लाखभन्दा बढी व्यक्तिको तापमान मापन गरेपछि यो निर्णय गरेका थिए। ती सबै मानिसको तापमान ९७.२ देखि ९९.५ को बीच पाइएको थियो जसको औसत तापमान ९८.६ डिग्री फरेनहाइट थियो। मानिसको तापमान जाँच गर्दा मानव शरीरको औसत तापमान लगभग ९७.६ डिग्री हुन्छ।

नयाँ शोधले के भन्छ ? स्टैनफोर्डमा मेडिसिन, महामारी विज्ञान र जनसङ्ख्या स्वास्थ्यका प्राध्यापक जुली पार्सोनेट अनुसार शरीरको सामान्य तापमान व्यक्ति र उसको स्थितिमाथि निर्भर गर्छ। सामान्य तापमान शायदै कहिले ९८.६ डिग्री फरेनहाइडभन्दा बढी हुन्छ। उनले भने दुनियाँमा मानव शरीरको सामान्य तापमानको धेरै ठूलो डाटा विद्यमान छ। १९औं सदीपछि हरेक दशकमा औसत अमेरिकी व्यक्तिको शरीरको औसत तापमान ९८.६ डिग्री फरेनहाइटको मानकभन्दा लगभग ०.०५ फरेनहाइट वरपर छ।

बच्चाको शरीरको सामान्य तापमानः सन् १८६८ को एउटा अध्ययन अनुसार पुरुष र बुजुर्गको शरीरको तापमान महिला र युवाको तुलनामा कम थियो। दिउँसो शरीरको तापमान बढ्छ। त्यसपछि मानव शरीरको औसत तापमानको मानक ९८.६ डिग्री तय गरियो। डा. लि गार्डेनले भने मेडिकल ग्रेड ज्वरो १००.४ डिग्रीभन्दा माथिको तापमानबाट शुरू हुन्छ। नवजात शिशुको शरीरको तापमान लगभग ९९.५ डिग्री हुन्छ। बच्चाको शरीरको औसत तापमान ९७.५२ डिग्री हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here