सियोल, १५ पुस/एएफपी
उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायःद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतवार जनाएका छन् ।
नेता किमले सन् २०२४ का लागि आप्mनो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए ।
बैठकले आगामी वर्ष थप तीनवटा जासूसी उपग्रह प्रक्षेपण गर्ने, मानवरहित ड्रोन निर्माण गर्ने र इलेक्ट्रोनिक युद्ध क्षमता विकास गर्ने, साथै आणविक र क्षेप्यास्त्र बल सुदृढ पार्नेलगायत थप सैन्य विकासको योजना घोषणा गरेको कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । प्योङयाङले यसै वर्ष सफलतापूर्वक टोही उपग्रह प्रक्षेपण गरी संविधानमा आणविक शक्तिको रूपमा आप्mनो स्थान स्थापित गरेको घोषणा गरेको छ । उत्तर कोरियाले आप्mनो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको छ ।
केसिएनएका अनुसार शनिवार सम्पन्न बैठकमा किमले संयुक्त राज्य अमेरिकाले ‘विभिन्न प्रकारका सैन्य खतरा’ खडा गरेको आरोप लगाएका थिए र आप्mनो सेनालाई ‘युद्ध प्रतिक्रियाका लागि अत्यधिक क्षमता’ कायम राख्न आदेश दिएका थिए ।
किमले भने–“कोरियाली प्रायःद्वीपमा शत्रुहरूले हामीमाथि आक्रमण गर्न दुस्साहसी कदम चालेका कारण कुनै पनि बेला युद्ध भड्कन सक्छ भन्ने कुराको पुष्टि हो ।”
प्योङयाङलाई रोक्नका लागि वाशिङ्टनले यसै महीनाको शुरूमा दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा आणविक शक्तिसम्पन्न पनडुब्बी तैनाथ गर्नुका साथै सियोल र टोकियोसँगको अभ्यासमा लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।
यसअघि उत्तर कोरियाले कोरियाली प्रायःद्वीपमा संयुक्त अभ्यासमा वाशिङ्टनका बी–५२ बमवर्षकजस्ता रणनीतिक हतियार तैनाथ गर्नुलाई ‘जानाजानी आणविक युद्ध उत्तेजक कदम’ को संज्ञा दिएको थियो ।
किमले भने–“हामीले सम्भावित आणविक सङ्कटको शीघ्र जवाफ दिनुपर्छ र आपत्कालीन अवस्थामा आणविक शक्तिलगायत सबै भौतिक साधन र शक्ति परिचालन गरेर दक्षिण कोरियाको सम्पूर्ण भूभाग शान्त पार्ने तयारीलाई तीव्रता दिनुपर्छ ।”
बैठकमा किमले दक्षिण कोरियासँग अब मेलमिलाप र पुनर्मिलनको प्रयास नगर्ने बताउँदै सियोल र वाशिङ्टनका कारण उत्पन्न ‘अनियन्त्रित सङ्कटको स्थिति’ रहेको बताएका थिए ।
प्योङयाड्ढो जासुसी भूउपग्रह प्रक्षेपणसँगै अन्तर्कोरियाली सम्बन्ध यस वर्ष निकै बिग्रिएको छ, जसका कारण सियोलले सन् २०१८ मा भएको सैन्य सम्झौता आंशिकरूपमा स्थगन गरेको छ । “मलाई विश्वास छ कि यो एक गलती हो, जुन हामीले अब हामीलाई ‘मुख्य शत्रु’को रूपमा घोषणा गर्ने शक्तिलाई मेलमिलाप र एकीकरणका लागि समकक्षीको रूपमा सोच्नुहुँदैन”–नेता किमलाई उद्धृत गर्दै केसिएनएले भनेको छ ।
किमले सीमापार मामिला हेर्ने विभागको पुनर्गठनका लागि ‘आधारभूतरूपमा दिशा परिवर्तन गर्न’ उपायहरू कोर्न आदेश दिए ।
सियोलस्थित इवा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक लीफ इस्लेले उत्तर कोरियाले महŒवपूर्ण सैन्य क्षमतामा जोड दिएको बताए ।
“राज्य नियन्त्रित मिडियाले प्रकाशन गर्ने अधिकांश समाचार रिसाइकल प्रोपोगान्डा हो”–उनले भने–“प्योङयाड्ढो आक्रामक बयानबाजीले उसको सैन्य कदम निरोधका लागि मात्र नभई आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय दबाबका लागि पनि हो भन्ने देखाउँछ ।”
प्योङयाङले गत वर्ष आपूmलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र उसले आप्mनो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको थियो ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले उत्तर कोरियाले सन् २००६ मा पहिलोपटक आणविक परीक्षण गरेदेखि नै आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न आग्रह गर्दै थुप्रै प्रस्ताव पारित गरिसकेको छ । रासस