प्रस, वीरगंज, ११ पुस/

तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८० वीरगंजमा ज्येष्ठ नागरिक सङ्घ, पर्साले विविध कार्यक्रमको आयोजना गरी बुधवार मनाएको छ । दिवसको अवसरमा वीरगंज महानगर–१५ स्थित ज्येष्ठ नागरिक पार्कमा स्वास्थ्य शिविर, स्वास्थ्य परामर्श र पाँचजना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । डा रामअवतार खेतान, डा सुमन प्रसाद, डा नीरज सिंह, डा अशोक दासले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरेका थिए भने स्वास्थ्य शिविरको आयोजनामा लायन्स क्लब, वीरगंजले सहयोग पुर्याएको थियो । सो अवसरमा डा खेतानले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य परामर्श दिएका थिए । उनले उमेर हदले वृद्ध भएका ज्येष्ठ नागरिकहरूले गर्नुपर्ने दिनचर्याको बारे बताएका थिए ।

खानपानमा ध्यान दिनुपर्ने, तोकिएको औषधि नियमित सेवन गर्नुपर्ने, घुमफिर मनोरञ्जनलगायत कार्यहरू पनि चिकित्सकको परामर्श अनुसार अथवा आफूले गर्दै आएको नियमिततालाई उमेर अनुसार ध्यान दिएर गर्नुपर्ने सुझाव दिएका थिए । ज्येष्ठ नागरिकहरूले कुन बेला कसरी के गर्दा राम्रFे हुन्छ भन्नेबारे उनले परामर्श दिएका थिए ।

कार्यक्रममा डा खेतान र संस्थापक अध्यक्ष पशुपति विक्रम शाहले शान्ति कार्की, फुलेन्द्रप्रसाद कुर्मी, पारसनाथ कायस्थ, भागवत सिंह र दीपकराज शर्मा गरी पाँचजनालाई सम्मान गरेका थिए । वीरगंज महानगरपालिका र ज्येष्ठ नागरिक सङ्घ, पर्साको संयुक्त आयोजनामा भएको कार्यक्रम उपाध्यक्ष वैद्यनाथप्रसाद कोइरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य जगदीशप्रसाद शर्मा, सचिव विनयराज गौतम, सदस्यहरू उदयराज शर्मा, ज्योति शाह, आशा गौतम सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here