प्रस, वीरगंज, ८ पुस/
नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको जीतपुरसिमरा उपमहानगर कमिटीको प्रथम नगर अधिवेशन शनिवार रजघट्टामा सम्पन्न भएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले अधिवेशनको उद्घाटन गर्दै गठबन्धन सरकारले जनताका समस्या समाधानमा ध्यानमा नदिएको आरोप लगाए ।
उनले आदिवासी जनजातिका समस्या समाधान गर्नेतर्पm सरकारले कुनै ध्यान नदिएको उल्लेख गर्दै गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । जति दिन यो सरकार रहन्छ, त्यति नै मुलुकमा आर्थिक सङ्कट बढ्ने र मुलुक अद्योगतितिर जाने बताए ।
अधिवेशनले सुवास श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष हेमनारायण चौधरी, सचिव श्यामबाबू खाँ र कोषाध्यक्ष अनीता रुम्बासहित ४५ जना सदस्य छन् ।