• अनन्तकुमार लाल दास

विद्यार्थीहरूको जीवन सङ्घर्ष र चुनौतीले भरिएको हुन्छ । उनीहरूको मनमा परीक्षाको भयसँगै राम्रो ग्रेड आउला कि नआउला भन्ने डर पनि हुन्छ । विद्यार्थीहरूको मनमा बेग्लाबेग्लै विषयमा कसरी राम्रो ग्रेड ल्याउने, कक्षामा ए प्लस कसरी हासिल गर्नेजस्ता प्रश्नहरू खेलिरहेका हुन्छन् । वि.सं. २०८० को माध्यमिक शिक्षा परीक्षा नजीकिंदै गएको सन्दर्भमा परीक्षाको तयारी कसरी गर्ने, कस्ता रणनीति अँगाल्ने, र के कस्तो सूत्रहरू प्रयोग गर्ने भन्ने प्रश्नको एउटै जवाफ छ–‘राम्रो तयारी’ । किनभने परीक्षा शुरू हुनुपूर्वको समय बढी महत्वपूर्ण हुन्छ । हुनत यसबाट भयभीत हुनु आवश्यक छैन तर यसको परिणाममाथि नै भविष्य निर्भर हुन्छ । माध्यमिक शिक्षा परीक्षाको परिणामबाट नै कुन फिल्ड रोज्ने भन्ने निर्धारण हुन्छ । अर्थात् आटर््स, कमर्स वा विज्ञान के पढ्ने । जागीरका लागि पनि माध्यमिक शिक्षा परीक्षाको परिणामको मूल्याङ्कन गरिन्छ ।

परीक्षा प्रायः तीन प्रकारको हुन्छ । १. मौखिक, जसमा विद्यार्थीहरूको क्षमताको मूल्याङ्कन थोरै समयमा निर्धारण्F गरिन्छ । यस प्रकारको परीक्षामा विद्यार्थीहरूले छिटो मौखिक जवाफ दिनुपर्छ । २. लिखित परीक्षा, जसमा विद्यार्थीको लेख्ने क्षमता र शब्द प्रयोगको मूल्याङ्कन हुन्छ । तेस्रो प्रायोगिक परीक्षा जसमा बेग्लाबेग्लै विषय प्रयोग गरेर देखाउनुपर्छ । धेरैजसो विद्यार्थी बोर्ड परीक्षाबाट भयभीत हुन्छन् । विद्यार्थी सँगसँगै उनीहरूका अभिभावक पनि चिन्तित र परेशान देखिन्छन् तर यो परीक्षा त्यति कठिन भने होइन । परीक्षा भनेकै विषयगत मूल्याङ्कनको लागि लिइने लिखित र प्रायोगिकरूपमा आयोजना गरिने विद्यार्थीहरूको मूल्याङ्कन हो । सामान्यरूपले यस्ता परीक्षाको आयोजन हाम्रो देशमा चैत महीनामा हुने गर्छ तर हिजोआज कक्षागतरूपमा हरेक महीना परीक्षा हुने गर्दछ । यो परीक्षा अन्य परीक्षाजस्तै हुन्छ तर ए प्लस ग्रेड हासिल गर्न निकै परिश्रम गर्नुपर्छ । जसले कक्षाको पढाइको निरन्तर अभ्यास गरिरहन्छ उसका लागि समस्या कम हुन्छ । अन्य विद्यार्थी पनि यसबाट चिन्तित नभई परीक्षाको तयारीमा लाग्नुपर्दछ ।

परीक्षाको मिति नजीकिंदै जाँदा विद्यार्थीहरूको मनमा तनाव, भ्रम र नकारात्मकता जन्मिन थाल्छ । यसबाट उनीहरूको लागि चुनौती बढ्छ । उनीहरूमा कसरी तयारी गर्ने भन्ने भ्रम उत्पन्न हुन थाल्छ किनभने सबै विद्यार्थीमाथि ए प्लस ग्रेड ल्याउने दबाब हुन्छ । यस प्रकारको दबाबले गर्दा उनीहरूको तयारीमा बाधा उत्पन्न हन्छ र परीक्षामा राम्रो ग्रेड हासिल हुँदैन । एउटा राम्रो विद्यार्थी पनि उच्च दबाबले गर्दा औसत ग्रेड ल्याएको देखिन्छ । यस कारण व्यर्थको चिन्ता, तनाव र घबराहटबाट मुक्त भई आफ्नो परीक्षाको तयारीमा जुट्ने समय आइसकेको छ । तनावमुक्त भई परीक्षाको तयारीका कैयन तरीकाहरू छन् । परीक्षाको तयारी अहिले देखि नै प्रारम्भ गर्नुहोस् । पाठुयक्रमानुसार तयारी गर्नुहोस् । पढ्ने सामग्री र नोट्स आदि जम्मा पार्नुहोस् । टाइम टेबल बनाएर पढ्नुहोस् । अनुशासनमा बसेर योजनासहित तयारी गर्नुहोस् । प्रत्येक दिन रिभिजन गर्नुहोस् । सन्तुलित आहार र पर्याप्त निद्रा लिनुहोस् । केही शारीरिक व्यायाम र समयानुसार पढाइबाट ब्रेक पनि लिनुहोस् । तनाव त्यागेर आफूमाथि विश्वास गर्नुहोस् र परीक्षाको बेला सकारात्मक सोच राख्नुहोस् ।

परीक्षाको तयारी गर्दा विद्यार्थीहरूले केही विशेष कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।

१) स्वयंलाई सोशल मिडियाबाट टाढा राख्नुहोस्

विद्यार्थीहरूले परीक्षाको तयारी गर्दा परीक्षा समाप्त नहुन्जेल स्वयंलाई सोशल मिडियाबाट टाढा राख्नुपर्छ । यदि तपाईं ए प्लस ग्रेड ल्याउन चाहनुहुन्छ भने आफ्नो मोबाइलमा पढाइबाहेक अन्य एप–जस्तै फेसबूक, ट्विटर, इंस्टाग्राम, व्हाट्सएप आदि अनइंस्टाल गर्नुहोस् । यसमा समय बर्बाद गर्नुभन्दा राम्रो परीक्षाको तयारीमा समर्पित हुनु आवश्यक छ । घण्टौं मोबाइलमा समय खेर फाल्नु भनेको आफ्नो पढाइ चौपट पार्नु हो । मोबाइलले हाम्रो ध्यान पढाइप्रति केन्द्रित हुन दिंदैन । तसर्थ यसबाट टाढा बस्नु नै हितकर हुन्छ । मोबाइल फीड हेर्नुको साटो बढीभन्दा बढी समय पढाइमा केन्द्रित गर्नुपर्छ । यसर्थ सफलताको लागि सोशल मिडियाको प्रबन्धन आवश्यक छ ।

२) पढाइको लागि ब्रह्ममुहूर्त उपयुक्त समय हो

परीक्षाको तयारी गर्दा विद्यार्थीहरूले सही समयमा सही कुरा गर्नु आवश्यक हुन्छ । धेरैजसो विद्यार्थी टाइम टेबल बेगर परीक्षाको तयारी गर्छन् तर प्रत्येक विषयमा ध्यान दिनु आवश्यक भएकोले टाइम टेबलद्वारा समय प्रबन्धन गर्नु आवश्यक छ । पढाइको लागि सबैभन्दा राम्रो समय बिहानको ब्रह्म समय, अर्थात् ४ बजे देखि ८ बजे सम्म वा ५ बजेदेखि ८ बजेसम्म उपयुक्त हुन्छ । यस बेला पढेका कुरा लामो समयसम्म मस्तिष्कमा रहिरहन्छ । हुनत दिनभरि पढाइ गर्न सकिन्छ तर यस बेला पढ्नु भनेको दिनमा १० घण्टा पढे बराबर हो । बिहान उठेर पढ्नको लागि समयमैं सुत्नु आवश्यक छ । यसका लागि राति अबेरसम्म जागेर मोबाइल एपमा समय बिताउन छोड्नुपर्छ ।

३) स्थिर र शान्त वातावरणमा पढाइ गर्नुहोस्

जुन टेबलमा वा जहाँ बसेर पढिरहनु भएको छ त्यहाँ चारैतिर सामान पैmलिएको नहोस् । त्यहाँ पढाइसँग सम्बन्धित कुराहरू मात्र हुनुपर्छ । स्थिर र शान्त वातावरणमा अध्ययन गर्दा लामो समयसम्म याद रहन्छ । पढाइ गर्ने ठाउँमा टेलिभिजन वा मोबाइलजस्ता कुरा हुनुभएन किनभने सकारात्मक र प्रेरणादायक वातावरणमा बसेर मात्र राम्रो प्रदर्शनको लागि आफूभित्र सुधार ल्याउन सकिन्छ ।

४) पाठ्क्रम राम्ररी बुझ्नु आवश्यक छ

पाठ्यक्रमको महत्वपूर्ण बुँदा बुझ्ने प्रयास गर्नुपर्छ । सबै विषयका महत्वपूर्ण पाठ ध्यानपूर्वक पढ्नुपर्छ । पाठ अन्तर्गत दिइएको ग्रीड बुझेर कुन पाठ महत्वपूर्ण छ त्यो बुझ्न सकिन्छ । निरन्तर ५–६ वा ८–९ घण्टा पढाइमैं समर्पित हुने आवश्यक छैन । यस्तो गल्ती कहिले पनि गर्नुहुन्न । ब्रेक लिनु पनि महत्वपूर्ण हो किनभने ब्रेकले दिमागलाई तरोताजा बनाइराख्छ । एक घण्टा पढिसकेपछि कम्तीमा आधी घण्टाको ब्रेक लिनुपर्छ । ब्रेक लिनु भनेको मोबाइल हेर्ने होइन । आँखा बन्द गरेर केही क्षण ध्यान गर्नुहोस् वा राम्रो सङ्गीतको आनन्द लिनुहोस् । अलिकति सुत्नु पनि ब्रेकको नै हिस्सा हो तर ब्रेक लामो हुनुहुन्न । सन्तुलित ब्रेकपछि पुनः एक घण्टा पढ्नुहोस् ।

५) पछिल्लो वर्षको पेपर हल गर्नुहोस्

पछिल्लो दुइ–तीन वर्षको पेपर हल गरेर तयारीलाई सुनिश्चित गर्नुहोस् । पुरानो प्रश्नपत्रबाट परीक्षामा कस्तो प्रश्न सोधिन्छ भन्ने थाहा हुन्छ साथै कुन चेप्टर महत्वपूर्ण छ त्यो पनि थाहा हुन्छ । परीक्षाको पेटर्न बुझेर तयारी गर्नु राम्रो रणनीतिक उपाय हो । यस प्रकारको टेस्टले पढाइमा भएको प्रगति पनि मूल्याङ्कन गर्न सकिन्छ । टेस्ट दिंदा हुने गल्तीबाट सिक्नु पनि अत्यन्त महत्वपूर्ण हो । यस प्रकारको टेस्ट भनेको आत्म मूल्याङ्कनको अवसर पनि हो । यसमा सफल वा असफल हुँदा निडर भई यसलाई सुधारको अवसरको रूपमा लिनुपर्छ ।

६) रिभिजनमाथि विशेष ध्यान दिनुहोस्

माध्यमिक शिक्षा परीक्षाको लागि रिभिजन अत्यन्त महत्वपूर्ण हुन्छ । रिभिजनले पढेका कुराहरू सजिलै मस्तिष्कमा फिट हुन्छ । रिभिजन गर्दा ससाना बुँदाहरूलाई पनि ध्यानमा राख्नुहोस् किनभने MCQ टाइपका प्रश्नहरू चेप्टरको बीचबाट सोधिन्छ । प्रत्येक विषयमा गरिएको रिभिजन सबैखाले प्रश्नहरूको लागि लाभदायक हुन्छ । यस कारण परीक्षाको एक साता पहिले वा एक दिन पहिलेसम्म रिभिजन गर्नुहोस् । रिभिजन गर्दा कुनै कुरो बुझ्न गार्हो भएमा सम्बन्धित विषय शिक्षकसँग सोध्न लाज मान्नुहुँदैन ।

७) सन्तुलित आहार र व्यायाम पनि गर्नुहोस्

परीक्षाको बेला मानसिक र शारीरिक स्वास्थ्यमाथि विशेष ध्यान दिनु अति आवश्यक छ । योगबाट मानसिक तनाव कम हुन्छ भने व्यायामबाट शरीर स्वस्थ रहन्छ । सही खानपान र पर्याप्त निद्रा परीक्षाको तयारीमा सहयोगीको भूमिका निर्वाह गर्छ । यस कारण ‘नो जंक फुड, नो आउटसाइड फूड’ परीक्षाको बेला यस्तो खानाले शरीरमा आलस्य उत्पन्न हुन्छ । आमाको हातले तयार गरेको भोजन राम्ररी चपाएर खानुपर्छ । परीक्षाको दुई महीना पहिले नै मोबाइलबाट खानाको एप ‘डिलिट’ गरिदिनुहोस् । लस्सी, दूध, दही जे पनि होस् घरको खानुहोस् ।

८) प्रश्नहरूको जवाफ राम्ररी लेख्नुहोस्

कहिलेकाहीं सही जवाफ लेखेपछि पनि राम्रो अङ्क हासिल हुँदैन । यसको के कारण होला ? हाम्रो माक्र्स कहाँ कटिरहेको छ ? मैले सही उत्तर लेखें तर माक्र्स यति कम, किन ? यस्ता प्रश्नको जवाफमा के भन्न चाहन्छु भने तपाईं आफ्नो लेख्ने तरीका परिवर्तन गर्नुहोस् । आफ्नो हस्तलेखनमा पनि ध्यान दिनुहोस् । बोर्डको पेपर सफा राख्नुहोस् । पेपरमा कुनै प्रकारको चिह्न, जस्तै–‘ओम शान्ति ओम’ वा आफ्नो नाम नलेख्नुहोस् । कुनै एउटा समूहको उत्तर लेख्दा एउटै ठाउँमा लेख्नुहोस् । जवाफलाई प्रश्न अनुसारको ‘शीर्षक’ दिई लेख्नुहोस् । जवाफ बुँदागत लेख्नुहोस् । डायग्राम राम्ररी बनाउनुहोस् ।

८) सुपर टिप्स

प्रभावकारी तयारीको रणनीति ः परीक्षाको तयारीका लागि कसरी पढ्ने भन्ने एउटा रोडम्याप बनाउनुपर्छ । एउटा राम्रो स्टडी प्लानले विद्यार्थीहरूलाई टारगेट स्कोर हासिल गर्न सहयोग र प्रोत्साहित गर्दछ ।

महत्वपूर्ण विषयलाई प्राथमिकता दिनुपर्छ ः जुन विषयमा बढी प्रश्न सोधिन्छ वा बढी माक्र्र्स ल्याउन सकिन्छ त्यस्ता विषयको तयारीमा बढी ध्यान दिनुपर्छ । अन्य विषयमा त्यसपछि ध्यान दिनुपर्छ ।

पाठ्यपुस्तकको गहन विश्लेषण ः कुनै पनि परीक्षाको लागि पाठ्यपुस्तक प्राथमिक स्रोत हो । विद्यार्थीहरूले सबैभन्दा पहिले पाठ्यपुस्तक अनि मात्र सन्दर्भ पुस्तकमा ध्यान दिनुपर्छ ।

लेख्ने स्पीड र एक्युरेसीमा सुधार गर्नुपर्छ ः माध्यमिक शिक्षा परीक्षामा समयभित्र सबै प्रश्नको जवाफ दिनका लागि लेख्ने गति र सटीक उत्तर जरूरी हुन्छ । यदि गति सही छैन भने उत्तर लेख्न छुट्छ । यसलाई सपार्न बढीभन्दा बढी मार्क टेस्ट दिनु आवश्यक हुन्छ ।

पाठ्यक्रमको पुनरावृत्ति पटक–पटक गर्नुहोस् ः कुनै पनि परीक्षाको सफलताको मूलमन्त्र पुनरावृत्ति हो । यसो गर्दा तयारी सँगसँगै कन्सेप्ट पनि राम्ररी याद हुन्छ ।       

९) निष्कर्ष

परीक्षा, पढाइ र जीवनको एउटा हिस्सा मात्र हो । परीक्षा महत्वपूर्ण अवश्य छ तर जीवनभन्दा बढी महत्वपूर्ण छैन । मिहिनेत र लगनका साथ पढ्ने विद्यार्थी अवश्य सफल हुन्छ । केही विद्यार्थी जो नियमित पढ्दैनन् उनीहरू दिनमा २–३ घण्टाबाट आफ्नो पढाइ शुरू गर्न सक्छन् । परीक्षाको तयारीका लागि समय प्रबन्धन सँगसँगै आफ्नो प्रतिभा र कौशल देखाउनु पनि  आवश्यक छ । विद्यार्थीहरूले आफूमाथि भरोसा र विश्वास राख्नु पनि आवश्यक छ । समयमा शुरू गरिएको काम, परिश्रम र आत्मविश्वासले अवश्य नै तपाईंलाई सफल बनाउँछ । अन्त्यमा भारतीय कवि हरिवंश राय बच्चनको एउटा कविताको अंश–“सफलता एक चुनौती है, इसे स्वीकार करो/क्या कमी रह गई देखो और सुधार करो/जबतक ना सफल हो नींद चैन को त्यागो तुम/युद्धका मैदान छोड मत भागो तुम/बिना किये कुछ जय जयकार नहीं होती/कोशिश करने वालों की कभी हार नहीं होती ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here