प्रस, वीरगंज, ९ मङ्सिर/

पर्सा र बारा जिल्लामा शनिवार तीन स्थानमा रक्तदान कार्यक्रम भएकामा १५ जना महिलासहित ३८८ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।

महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत शनिवार इलाका प्रहरी कार्यालय, पटेर्वासुगालीले आयोजना गरेको रक्तदान कार्यक्रममा १२ जना महिलासहित तीन सयजनाले रक्तदान गरेका प्राविधिक प्रमुख पाण्डेले बताए। ग्रामीण क्षेत्रमा देशमैं सबैभन्दा बढी रक्तदान भएको प्राविधिक प्रमुख पाण्डेले दाबी गरेका छन्। पर्साका ग्रामीण क्षेत्रमा रक्तदान कार्यक्रम हुँदै आए पनि थोरै सहभागिता हुने गरेकामा शनिवार देशभरिकै ग्रामीण क्षेत्रको रेकर्ड तोडिएको उनले बताए। इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको अगुवाइमा भएको रक्तदान कार्यक्रममा अम्बिका चौधरी, राजु यादव, नागज्योति कुमारी, राजकुमार चौधरी, कृशल गुप्ता, अशेश्वर सहनी, दीपेन्द्र पासवान, रिङ्कु कुमारी, ठगमहतो थारू, अमरेन्द्र गिरी, विद्याज्योति कुमारी, रूपा राय, दिव्या दास, राजेश राउत, जीतेन्द्र यादव, लखन रामलगायतले रक्तदान गरेका थिए।

यसैगरी, वीरगंजमा रोटरी क्लब अफ वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ३५ जनाले रक्तदान गरेका थिए भने जीतपुरसिमरा उपमहानगरपालिका–८ लोहसण्डामा आयोजित रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका केन्द्रका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए। लोहसण्डामा घनश्याम चौधरी, नरेश चौधरी, गङ्गा पटेल, सञ्जीत पासवान, सुरज साह, अङ्गत सहनी, रामायण सहनीलगायतले रक्तदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here