प्रस, वीरगंज, २३ कात्तिक/

भेट्रान्स सिटी क्लब, वीरगंजको आयोजनामा आदर्शनगर रङ्गशालामा जारी प्रथम वीरगंज गोल्डकप–२०८० को सेमिफाइनल चरणको खेल सकिएको छ । बिहीवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई शून्यविरुद्ध एक गोलअन्तरले पराजित गरी फाइनलको यात्रा सुरक्ष्Fित गरेको छ ।

त्रिभुवन आर्मीका रिपु भ्लोनले खेल शुरू भएको २३ मिनेटमा गरेको गोल आजको सेमिफाइनल खेलको निर्णायक साबित भयो । भ्लोनलाई ‘म्यान अफ दी म्याच’को उपाधि नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष्F अनुप तिवारीले प्रदान गरेका थिए । 

प्रतियोगिताको फाइनल खेल कात्तिक २५ शनिवार हुनेछ । फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here