बालबालिकाहरू पढेपछि पटकपटक बिर्सिनु सामान्य समस्या भएपनि यसले पछि ठूलो असर गर्न सक्छ । उनीहरूको दिमागले पढेका कुरा याद राख्न नसक्दा परीक्षामा निकै समस्या हुन्छ । ससाना बच्चाहरूमा पढाइको निकै दबाब हुन्छ, जसले गर्दा उनीहरूको स्मरण पनि कमजोर हुन सक्छ । तसर्थ बालबालिकाहरूलाई यस्तो खानेकुरा खुवाउनुपर्छ, जसले उनीहरूको स्मरणशक्ति बढाउन सकोस् ।
बोसोयुक्त माछाः सैल्मन, मैकेरल र सार्डिनजस्ता ओमेगा ३ फैटी एसिडले भरिपूर्ण माछा बालबालिकालाई खुवाउँदा उनीहरूको मस्तिष्कको स्वास्थ्य र स्मरणशक्तिमा निकै फाइदा हुन्छ ।
नट्स र सिड्सः बदाम, ओखर, आलसस्थित ओमेगा ३ फैटी एसिडबाट एन्टिअक्सिडेन्ट र भिटामिन ‘ए’जस्ता पोषक तत्व पाइन्छन्, जुन मस्तिष्कको स्वास्थ्यको लागि निकै फाइदा हो ।
सागपातः पालक, केरा र ब्रोकली जस्ता गहिरो रङ्गका सागपात र तरकारीमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल भरिपूर्ण हुन्छन्, जसबाट स्मरणशक्ति बढ्छ ।
डार्क चकलेटः डार्क चकलेट बच्चाहरूले निकै मन पराउँछन् । यसमा पनि एन्टिअक्सिडेन्ट, कैफिन र एनर्जी बुस्ट गर्ने तत्वहरू हुन्छन्, यसले बालबालिकामा एकाग्रता क्षमता बढाउँछ । यसको सेवन कम मात्रामा गराउनुपर्छ ।
साबुत अन्नः साबुन अन्न जस्तै ब्राउन राइस, गहुँको पाउरोडीले क्विनोआ ग्लुकोजको कमी पूरा गर्छ र शरीर ऊर्जावान बनाउँछ । यसबाट पनि एकाग्रता क्षमता राम्रो हुन्छ ।