प्रस, वीरगंज, २६ असोज/

जिल्ला प्रहरी कार्यालय, बाराले पाँचजना नाबालिकाको उद्धार गरेको छ । करैयामाई गाउँपालिका–१ हरैया गाउँबाट असोज २२ गते साँझ ५ बजे निस्किएका पाँचजना नाबालिकाको सन्दर्भमा हिजो बारा प्रहरीलाई खबर भएको र खोजी गर्दै जाँदा वीरगंज महानगर–६ राणीसती धर्मशालाननिर उद्धार गरिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले बताए ।

उनले हरैयाबाट निस्किएका १३ वर्षीय एकजना, १४ वर्षीय दुईजना र १६ वर्षीय दुईजना गरी पाँचजना नाबालिकालाई रक्सौलतर्फ जाने क्रममा राणीसती धर्मशालाबाट उद्धार गरिएको बताए । बालिकासँग भारत, मोतीहारीका १८ वर्षीय कविकुमार पाल पक्राउ परेका छन् । उनको सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए ।

उद्धार गरिएका पाँचैजना नाबालिकाहरूलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here