• श्रीमन्नारायण

वैश्विक स्तरमा कुनै पनि देशले आफ्नो सशक्त उपस्थितिलाई कसरी प्रस्तुत गर्न सक्दछ यसको सशक्त उदाहरण भारत हो । वैश्विक राजनीतिक तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतको उपस्थिति र भूमिका अनिवार्य बन्दै गएको छ । भारतले आफ्नो सैन्य क्षमता, आर्थिक क्षमता, ज्ञान–विज्ञान र कौशल, आध्यात्मिक एवं सांस्कृतिक विरासत तथा कूटनीतिसमेत एकै साथ प्रयोग गरिरहेको छ । अमेरिका होस्, ब्रिटेन, रूस, चीन, क्यानडा होस् अथवा टर्कीलगायत कुनै इस्लामिक राष्ट्रले भारतमाथि दबाब बनाउन सक्दैनन् । शायद त्यही भएर होला पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानले आफ्नो सार्वजनिक मञ्चबाट नै भारतको विदेश नीतिको प्रशंसा गरेका थिए । भारत अहिले विश्वको उदाउँदो आर्थिक शक्ति मात्रै होइन, विश्वका प्रमुख शक्ति राष्ट्रहरूमध्ये एक हो । भारतले विश्वभरि निरन्तर आफ्नो प्रभाव बढाउँदै लगेको छ ।

क्यानडामा चुनावको समय नजीक आइसकेको छ । देशभित्र आफ्नो खस्कँदो लोकप्रियता र जनाधारबाट चिन्तित त्यहाँका प्रधानमन्त्री जस्टिन टु«डोले एकजना खालिस्तान समर्थक प्रभावकारी नेताको अप्रत्याशित मृत्युको विषयलाई राजनीतिक मुद्दा बनाउन खोजे । उनले सिख नेताको हत्यामा विनाप्रमाण भारतलाई मुछ्ने प्रयास गरे । उनलाई लागेको थियो कि क्यानडामा लाखौंको सङ्ख्यामा रहेका सिखहरू, जो आर्थिक रूपले पनि बलियो मानिन्छन्, उनीहरूले चुनाव जिताउन महत्वपूर्ण सहयोग गर्न सक्छन् । तर भारतले आफूमाथि लागेको आधारहीन आरोपको सशक्तरूपमा प्रतिकार मात्र गरेन, अपितु क्यानडालाई उसकै भाषामा कठोर जवाफ पनि फर्काउने काम गर्यो र कूटनीतिक स्तरमा सशक्त घेराबन्दी पनि । यसबाट जस्टिन टु«डोको लोकप्रियतामा झन् बढी ¥हास आउन थाल्यो ।

केही अघि भारतले ब्रिटिश राइफल टाइफूनको ठाउँमा फ्रान्सबाट राफेल लडाकू विमान खरीद गर्ने निर्णय लिंदा ब्रिटेनले सहायता रोक्ने घोषणा गरेको थियो तर भारतले यसको कुनै वास्ता गरेन । त्यसैगरी रूस–युक्रेन युद्धताका अमेरिकालगायत युरोपका अनेकौं देशले भारतलाई रूससित कच्चा तेल खरीद नगर्न सुझाव दिएका थिए तर भारतले यसको पनि वास्ता गरेन र आफ्नो देशको आर्थिक हितले प्राथमिकता पाउने हुँदा सोही अनुकूल निर्णय गर्यो र रूससित ठूलो मात्रामा इन्धन खरीद गरिरह्यो । नाटो र जी–७ का सदस्य क्यानडालाई भारतले यस्तो कडा जवाफ देला भन्ने कल्पना पनि क्यानडाले भरसक गरेको थिएन । इटली, जापान, फ्रान्स, जर्मनी, अमेरिका, ब्रिटेन र युरोपेली सङ्घले पनि प्रत्यक्षरूपमा क्यानडालाई समर्थन नगरेपछि राष्ट्रपति टु«डो ठट्टाका पात्र बनेका छन् ।

भारत अहिले विश्वको उदाउँदो आर्थिक राष्ट्र हो । विश्वका प्र्रमुख अर्थ व्यवस्थाहरूमध्ये एक हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देश आउँदो ५ वर्षभित्र विश्वको प्रमुख अर्थ व्यवस्था बन्ने विश्वास व्यक्त गरेका छन् । भारतको अर्थ व्यवस्था तीव्र गतिमा बढ्दै गएको छ । सम्भवतः निर्धारित पाँच वर्षभन्दा अघि पनि भारत तेस्रो अर्थ व्यवस्था बन्न सक्दछ । भारत विशाल उपभोक्ता बजार र पर्याप्त आर्थिक शक्ति भएको एउटा उदाउँदो मध्यम वर्ग पनि हो । स्मार्टफोनदेखि कारसम्मका उपभोक्ता उत्पादनको प्रमुख बजार भारत बन्न गएको छ । यी उपलब्धिहरूले भारतलाई अन्तर्राष्ट्रिय व्यापार र लगानीको निम्ति आकर्षक गन्तव्यको रूपमा स्थापित गरिरहेको छ । विकसित देशका प्रतिष्ठित कम्पनीहरूलाई यसबाट ठूलो लाभ हुन सक्दछ तसर्थ चाहेर पनि भारतको विरोध गर्न सक्दैन । सन् २०२० मा जति बेला चीन र भारतबीच सीमा क्ष्Fेत्रमा गतिरोध कायम थियो, त्यतिबेला पनि भारतले अनेकौं चिनियाँ कम्पनी र एप्समाथि प्रतिबन्ध लगाएर बेइजिङलाई ठूलो आर्थिक क्षति पुर्याएको थियो ।

प्रतिष्ठासँगै अन्तर्राष्ट्रिय स्तरमा भारतको विश्वसनीयता पनि बढेको छ । यो प्रतिष्ठा सद्भावनासित पनि जोडिएको छ । जसको प्रभाव एशिया र अफ्रिकासहित अनेकौं देशमा प्रस्टरूपमा देख्न सकिन्छ । कतिपय देश त भारतलाई आफ्नो भरपर्दो मित्रराष्ट्र र मार्गदर्शकको रूपमा पनि हेर्छन् । विश्वव्यापी मञ्चहरूमा भारतले तेस्रो दुनियाँको अथवा ग्लोबल साउथका देशहरूको पक्षमा गर्ने गरेको वकालतको प्रशंसा पनि गर्दछन् । जी–२० को नयाँ दिल्ली सम्मेलनमा भारतले अफ्रिकी सङ्घलाई जी–२० को सदस्यको रूपमा सामेल गराउनु यसको सशक्त उदाहरण हो ।

भारतको भ्याक्सिन कूटनीतिले पनि ठूलो भूमिका निर्वाह गर्यो र विश्वव्यापी रूपमा भारतलाई आफ्नो प्रभाव बढाउने अवसर प्रदान गर्यो । जबकि क्यानडा जस्ता विकसित देशले भ्याक्सिन उत्पादन नगरी स्टोरेज (जमाखोरी) गर्नका लागि आलोचनाको सामना गर्नुपर्यो । योग र आयुर्वेदजस्ता पद्धतिहरूको प्रभावमाथि पनि भारतको समृद्ध सांस्कृतिक विरासत र प्राचीन भारतीय ज्ञानको वैश्विकरूपमा प्रभाव परेको छ । आफ्नो सांस्कृतिक शक्तिको बलमा पनि भारतले विश्वलाई अभिभूत गरिरहेको छ । सनातन धर्म संस्कृतिको गौरवशाली विरासतलाई भारतले पुनस्र्थापित गर्न लागेको छ । हामी पनि सनातन धर्म संस्कृतिको विरासतमा वाहक हौं तर हाम्रFे देशका राजनीतिज्ञहरूमा आफ्नो धर्म, संस्कृतिप्रति गौरव होइन, हीनताबोध भइरहेको छ । यहाँ युनिफिकेशन चर्चका प्रमुखको स्वागत गर्न र होली वाइन ग्रहण गर्न गर्वको अनुभूति हुन्छ, जबकि मन्दिर जान र देवताको प्रसाद ग्रहण गर्न सोच्नुपर्ने स्थिति देखिन्छ । आफ्नो धर्म, संस्कृति, गौरवशाली परम्परा र धरातलमा खुट्टा टेक्न नसक्ने देशले कहिल्यै प्रगति गर्न सक्दैन । जुन देशलाई मेरो आफ्नो के हो भन्ने कुराको अनुभूति छैन त्यो कहिल्यै सफल हुन सक्दैन ? कमसेकम सनातन धर्म, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने मामिलामा पनि हामीले भारतबाट केही सिक्नु आवश्यक छ । विश्वको एकमात्र हिन्दू देशको हाम्रFे पहिचान अकारण मेटिएको छ । धर्म निरपेक्ष देशमा मुस्लिम आयोग किन ? हिन्दू, सिख, जैन र बुद्ध आयोग किन होइन ? हाम्रो देश भारतभन्दा बढी लोकतान्त्रिक र धर्म निरपेक्ष छैन तर त्यहाँ पनि मुस्लिम आयोग छैन, नेपालमा यसको आवश्यकता किन महसूस भयो ? बुझ्न सकिएन ? अल्पसङ्ख्यक आयोग बरु बनाउन सकिन्छ ।

विश्वभरि फैलिएका करीब दुई करोड भारतीय आप्रवासीहरूले आफ्नो योग्यता र क्षमताको भरमा व्यापार प्रविधिदेखि राजनीतिक क्षेत्रमा समेत आफ्नो सशक्त उपस्थिति बनाएका छन् । गूगल, माइक्रोसफ्ट र आइबिएमजस्ता महत्वपूर्ण एवं प्रतिष्ठित कम्पनीहरूको प्रमुख भारतीय अथवा भारतीय मूलका छन् । ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक जब आफू हिन्दू भएकोमा गर्व महसूस गर्छन्, त्यस बेला सनातन धर्मको स्वीकार्यता पूरै विश्वका लागि महत्वपूर्ण हुन जान्छ । योग र हिन्दू धर्मशास्त्रहरू रामायण र गीताप्रति विश्व समुदायको बढ्दो आकर्षणले अवश्य नै हाम्रो उत्साह वद्र्धन गर्दछ । 

टर्की जस्ता भारतका कट्टर विरोधी पनि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्य बनाउने माग गरिरहेको छ । भारतलाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्य बनाउनुपर्ने पक्ष्Fमा चीनबाहेक सुरक्षा परिषद्का अन्य सबै सदस्य एकमत छन् । भारत विश्वव्यापीरूपमा आफ्नो प्रभाव बढाउँछ र विश्व शक्ति बन्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here