प्रमोद यादव, रङ्गपुर, २४ असोज/

चाडपर्व शुरू भएसँगै पर्साका ग्रामीण क्षेत्रमा घरेलु मदिराको उत्पादन र बिक्री बढेको छ ।

बोतलबन्द मदिरा महँगो भएर सबैको पहुँचमा नहुँदा पर्सा जिल्लामा घरेलु मदिराको माग चाडपर्वमा बढी हुने गरेको छ । अहिले ठाउँपिच्छे घरेलु मदिराको माग बढेको र उत्पादन पनि सोहीअनुरूप वृद्धि भएको छ ।

घरेलु मदिरा उत्पादनका लागि पर्सा जिल्लाका झबराहा, बडनिहार (तामाङटोल), मनवा–भटनी, दोहरी, रङपुरटाँडी, थरुहटी, भाथा, पटेर्वा थारुटोल, शङ्करसरैया, सुवर्णपुर, विजयबस्ती, ठोरी, महादेवपट्टिलगायत ठाउँ चर्चित छन् ।

यहाँ उत्पादित घरेलु मदिरा सेढवा, सुवर्णपुर, ठोरी, विजयबस्ती, पाँडेपुर, देउरिया, निचुटा, श्रीपुर पंचगावाँ, रङपुरटाँडी, बेलवा, महुवन, जानकीटोला, डोकैला बहुअरी, बडनिहार, मनवा, जीतपुरसिमरा, वीरगंज लगायतका क्षेत्रमा पुर्याउने गरिन्छ ।

अहिले पर्साका ग्रामीण क्षेत्रमा घरेलु मदिरा सेवनकर्ताहरू पनि बढेका छन् । अबेर रातिसम्म भट्टीमा मदिरासेवन गराइन्छ । यसलाई सुरक्षाकर्मी र जनप्रतिनिधिहरूले नियन्त्रण गर्न सकेका छैनन् ।

सशस्त्र र जनपद प्रहरीले घरेलु मदिरा नियन्त्रणका लागि जनप्रतिनिधिहरूको साथ र सहयोग आवश्यक भएको बताएका छन् । जनप्रतिनिधिहरूले भने नियन्त्रणको काम प्रहरीको भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here