प्रस, वीरगंज, १८ असोज/
पर्साभन्दा बारा क्षेत्रफल तथा जनसङ्ख्याको हिसाबले बढी भए तापनि मधेस सरकारले पर्सालाई बढी बजेट पठाएको छ ।
मधेस सरकारले बारा, पर्सामा रहेका मातहतका कार्यालयहरूलाई चालू र पूँजीगत खर्च गर्न पठाएको बजेट पर्साभन्दा बारामा कम रहेको पाइएको छ । हुनत बारा निवासी मुख्यमन्त्री भए तापनि कम बजेट पाएपछि बारावासीले गुनासो गरेका छन् ।
आव २०८०/८१ को लागि पर्साले चालू र पूँजीगत गरी तीन अर्ब ९३ करोड ६१ लाख बजेट पाएको छ भने बाराले एक अर्ब २० करोड १२ लाख पाएको छ । बाराको भूगोल र जनसङ्ख्या पर्साभन्दा बढी छ । बाराको क्षेत्रफल १२७२.४९ वर्ग किलोमिटर छ । त्यस्तै, जनसङ्ख्या छ लाख ९० हजार ५८४ छ । दुई उपमहानगर, पाँच नगरपालिका, नौ गाउँपालिका गरी १६७ वटा वडा रहेका छन् ।
त्यसैगरी, पर्सामा एउटा महानगरपालिका, तीनवटा नगरपालिका, १० वटा गाउँपालिका र ११२ वटा वडा रहेका छन् । पर्साको कुल जनसङ्ख्या पाँच लाख ९५ हजार ४८६ तथा क्ष्Fेत्रफल ७८४.६३ वर्ग किलोमिटर छ ।
पर्साको हकमा मधेस प्रदेश सरकारले चालूतर्फ ७७ करोड ८४ लाख, पूँजीगततर्फ तीन अर्ब १५ करोड ७७ लाख बजेट पठाएको छ ।
बाराको हकमा चालूतर्फ ६३ करोड ५१ लाख र पूँजीगततर्फ ५६ करोड ६० लाख बजेट दिएको छ ।
बारा र पर्साका प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार बारामा रहेको प्रदेश कोलेनिकालाई चालूतर्फ दुई करोड ४६ लाख, घरेलु तथा साना उद्योगलाई चालूतर्फ एक करोड ९४ लाख ५४ हजार, पूँजीगततर्फ ३० लाख ४० हजार, कृषि ज्ञान केन्द्रलाई चालूतर्फ दुई करोड ५७ लाख ९० हजार, पूँजीगततर्फ ९० लाख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई चालूतर्फ दुई करोड ५९ लाख, पूँजीगततर्फ चार करोड ३६ लाख, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई चालूतर्फ दुई करोड ११ लाख, पूँजीगततर्फ १२ करोड २१ लाख, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयलाई चालूतर्फ एक करोड ८६ लाख, पूँजीगततर्फ दुई करोड ३० लाख, डिभिजन वन कार्यालयलाई चालूतर्फ सात करोड ३९ लाख, पूँजीगततर्फ तीन करोड १५ लाख, शिक्ष्Fक तालीम केन्द्र बारालाई चालूतर्फ दुई करोड ६० हजार, पूँजीगततर्फ २६ लाख, स्वास्थ्य तालीम केन्द्रलाई चालूतर्फ छ करोड ७३ लाख, पूँजीगततर्फ २९ लाख, प्रादेशिक अस्पताललाई चालूतर्फ सात करोड ७८ लाख, पूँजीगततर्फ तीन करोड २७ लाख, स्वास्थ्य कार्यालयलाई चालूतर्फ दुई करोड २९ लाख, पूँजीगततर्फ आठ करोड ८७ लाख, आयुर्वेद कार्यालयाई पूँजीगततर्फ एक करोड २२ लाख र चालूतर्फ दुई लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी, पर्सामा मधेस प्रदेश सरकारले प्रदेश लेखा एकाइ कार्यालयलाई चालूतर्फ २० करोड ४२ लाख, पर्यटन कार्यालयलाई चालूतर्फ एक करोड ५९ लाख र पूँजीगततर्फ ३८ करोड ८५ लाख, घरेलु तथा साना उद्योगलाई चालूतर्फ तीन करोड ३३ लाख र पूँजीगततर्फ १३ लाख ७३ हजार, उद्योग विभागलाई चालूतर्फ दुई करोड ७६ लाख र पूँजीगततर्फ ५९ लाख ९० हजार, कृषि ज्ञान केन्द्रलाई चालूतर्फ दुई करोड ३३ लाख र पूँजीगततर्फ पाँच करोड २५ लाख, भेटेरिनरी अस्पताललाई दुई करोड ५९ लाख तथा पूँजीगततर्फ चार करोड ९२ लाख, जलस्रFेत तथा सिंचाइ डिभिजन कार्यालयलाई चालूतर्फ एक करोड ८६ लाख र पूँजीगततर्फ २८ करोड ९७ लाख, भूमिगत, जलस्रोत सिंचाइ डिभिजन कार्यालयलाई चालूतर्फ एक करोड २८ लाख र पूँजीगततर्फ १६ करोड ४९ लाख, डिभिजन वन कार्यालयलाई चालूतर्फ छ करोड ९५ लाख र पूँजीगततर्फ छ करोड ५९ लाख, पूर्वाधार विकास कार्यालयलाई चालूतर्फ आठ करोड ११ लाख र पूँजीगततर्फ एक अर्ब ५० करोड, शहरी विकास तथा भवन कार्याललाई चालूतर्फ नौ कारोड ५२ लाख र पूँजीगततर्फ ४७ करोड ७५ लाख, मधेस विश्वविद्यालयलाई चालूतर्फ २० करोड, सामाजिक विकास कोषलाई पूँजीगततर्फ ५७ करोड ३० लाख, स्वास्थ्य कार्यालयलाई चालूतर्फ दुई करोड ५९ लाख र पूँजीगततर्फ सात करोड ६७ लाख, आयुर्वेद कार्यालयलाई चालूतर्फ एक करोड २२ लाख र पूँजीगततर्फ पाँच करोड २० लाख रकम विनियोजन गरिएको जानकारी प्राप्त भएको छ ।