प्रस, रौतहट, १७ असोज/
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १३ वर्ष पहिले शिलान्यास गरेको बाग्मती पुल हालसम्म निर्माण नहुँदा स्थानीयवासीले बुधवार विरोध जुलूससहित जिल्ला प्रशासन कार्यालय, रौतहटमार्फत भौतिक पूर्वाधार मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नं ५ का बासिन्दाले गौरको बरहबापुलनजीक भेला भई प्लेकार्ड बोकी पुल निर्माण गर्न माग गर्दै विभिन्न खाले नारा लगाएका थिए । नारा लगाउँदै जिप्रकामा पुगी प्रशासकीय अधिृकत प्रशान्त वर्मालाई ज्ञापनपत्र बुझाएका थिए ।
बाग्मती नदीले बर्सेनि तराई–मधेसमा क्षति पु¥याउँदै आएको उल्लेख गरी सो नदीबाट मानवीय क्षति र धनजनको अपूरणीय क्षति हुँदै आएको ज्ञापनपत्रमा उल्लेख छ ।
पुल निर्माण कार्य अविलम्ब शुरू गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ । तत्काल शुरू नगरे चरणबद्ध सङ्घर्षका कार्यक्रम गर्ने उल्लेख छ ।
दुर्गा भगवती गाउँपालिका वडा नं ५ बडहर्वा टोल हँुदै बग्ने बाग्मती नदीमा पुल निर्माणका लागि पप्पु कन्स्ट्रक्सनले ठेक्का सकार गरी पुलको पिलर मात्र बनाइ अधूरो छाडेर भागेको छ ।
संसदीय क्षेत्रको निर्वाचनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले जनतासमक्ष पुल निर्माणको लागि प्रतिबद्धता जनाएका थिए ।
पप्पु कन्स्ट्रक्सनले पुल निर्माणको कार्य नगरेपछि ठेक्का रद्द गरी अर्को ठेक्का लगाइएको थियो ।
अर्को ठेक्कामा वाइपी महालक्ष्मी विकास जेभीले ठेक्का सकार गरी पुल निर्माण गर्नुको सट्टा बालुवाको सडक बनाइ करोडौं रकम अनियमितता गरी फरार रहेको स्थानीयले आरोप लगाएका छन् ।