बेइजिङ, ११ असोज/सिन्ह्वा

चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली सङ्घ (इयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् ।

हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्ताेसँग टेलिफोनमा कुरा गर्दै उनले ‘बेल्ट एन्ड रोड’ सहयोगका लागि चीनसँग अन्तरसरकारी सहयोग दस्तावेजमा हस्ताक्षर गर्ने हङ्गेरी पहिलो युरोपेली देश भएको बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले चिनियाँ राष्ट्रपति सी जिनपिङ र हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको रणनीतिक मार्गदर्शनमा चीन र हङ्गेरीबीचको ‘बेल्ट एन्ड रोड’ सहकार्यले फलदायी परिणाम दिएको र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धका लागि राम्रो उदाहरण प्रस्तुत गरेको बताए ।

 “अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एन्ड रोड फोरममा हङ्गेरीको उपस्थितिलाई चीनले स्वागत गर्छ,” वाङले भने, “चीन हङ्गेरीसँग पारस्परिक विश्वास र मित्रता बढाउन र चीन–हङ्गेरी सम्बन्धको विकासका लागि नयाँ रणनीतिक योजनाहरू बनाउन र नयाँ र बलियो गति प्रदान गर्न यस अवसरको उपयोग गर्न तयार छ ।”

उक्त अवसरमा चीन–हङ्गेरी–सर्बिया रेलमार्गको सफल निर्माण सुनिश्चित गर्न र संयुक्तरूपमा चीन–हङ्गेरी व्यावहारिक सहयोगको सफल नमूना निर्माण गर्न हङ्गेरीसँग काम गर्न तयार रहेको वाङले बताए ।

चिनियाँ विद्युतीय सवारीसाधनहरूमा इयूको अनुदानविरोधी अनुसन्धानले अन्तर्राष्ट्रिय व्यापारको आधारभूत नियमहरूको उल्लङ्घन गर्छ, जसले सम्भवतः विश्वव्यापी यातायात उत्पादनका औद्योगिक र आपूर्ति शृङ्खलालाई बाधा पु¥याउनेछ ।

सिजार्ताेले हङ्गेरी र चीनबीचको बेल्ट एन्ड रोड सहकार्यले महŒवपूर्ण परिणाम हासिल गरेको र यसबाट हङ्गेरीलाई धेरै फाइदा भएको बताए ।

 “हङ्गेरीले अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एन्ड रोड फोरममा सक्रियरूपमा भाग लिने, दुर्ई पक्षबीच बेल्ट एन्ड रोड सहयोगलाई अझ प्रगाढ बनाउने र हङ्गेरी–सर्बिया रेलमार्ग निर्माणमा ठोस प्रगति गर्नेछ, ताकि द्विपक्षीय सम्बन्धको थप विकासका लागि जोड दिनेछ,” सिजार्ताेले भने । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here