प्रस, वीरगंज, १० असोज/
नारायणी अस्पतालले १३१औं वार्षिकोत्सव मनाउन गइरहेको छ । यही असोज १३ गते अस्पतालको १३१औं वार्षिकोत्सव भएको मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरञ्जन साहले बताए ।
उनले विसं १९४९ मा वीर अस्पतालपछि नारायणी अस्पतालको स्थापना भएको र सुरुआतमा तीन शøयाबाट बिरामीको उपचार शुरू गरिएको बताए । उनले २०२८ सालमा अस्पतालको स्तरोन्नति भएर महेन्द्र आरोग्य भवन निर्माण भएको र त्यसको १४ वर्षपछि २०४२ सालमा ऐश्वर्य प्रसूतिगृह निर्माण भएको र हाल अस्पतालको भौतिक स्तरोन्नतिको कार्य अदालतमा मुद्दा परेकोले रोकिएको बताए ।
उनले पाँच सय शøयाको अस्पताल निर्माणको लागि ठेक्का भएको तर अस्पतालविरुद्ध सो सम्बन्धमा चार वर्षदेखि मुद्दा चलिरहेकोले भौतिक संरचनाको निर्माण हुन नसकेको बताए । अहिले महेन्द्र आरोग्य भवन रहेको पुरानो अस्पताल क्षेत्रमा आँखा, ओपिडी, भिडियो एक्स–रे, एक्स–रे, प्रयोगशाला आदिको भवन निर्माण कार्य भइरहेको र प्रसूतिगृहमा अस्पतालको गाइनो, सर्जिकल, मेडिकल, छाला, बाल बहिरङ्ग, इएनटी शाखाहरू सञ्चालनमा रहेको बताए । उनले हाल अस्पतालमा ३२२ शøया सञ्चालनमा रहेको र बिरामीको चाप दिनानुदिन बढ्दै गएको बताए ।
आफू मेसु भएर आउँदा अस्पतालको ओपिडीमा छ सय बिरामीले दैनिक सेवा लिइरहेकामा अहिले बिरामी सङ्ख्या बढेर दोब्बरी अर्थात् १२ सय पुगेको बताए । आकस्मिक कक्षमा पनि हाल १५० जना बिरामीको दैनिक परीक्षण भइरहेको र शøया अभावमा बिरामीलाई भर्ना गर्न नसकिएको बताए । अस्पतालमा अहिले एनआइसियू नौ शøयाबाट १५ शøयामा पुगेको र त्यसमा थप १० शøया वृद्धि गर्ने तयारी भइरहेको बताए । उनले १० शøयाको एसएनसियू थप गर्न लागेको र आकस्मिक कक्ष्Fमा पनि १५ शøया थप गर्ने तयारी भइरहेको बताए ।
हाल आकस्मिक सेवामा आठ शøया र अब्जर्भेसनमा चार शøया रहेको छ । अब्जर्भेसन पनि ३० शøयाको बनाउने तयारी भइरहेको उनले बताए । अस्पतालमा दरबन्दीका १८० जना र विकास समितिका १७० जना गरी ३५० जना कार्यरत रहेको बताए । उनले हाल ८० जना चिकित्सक अस्पतालमा खटिरहेका र उनीहरूमध्ये अधिकांश दैनिक ज्यालादारी, करारमा रहेको बताए । चिकित्सकहरूमध्ये आठजना दैनिक आकस्मिक कक्षमा २४सैं घण्टा खट्दै आएका छन् ।
अस्पतालमा अहिले इको (मुटुजाँच), एमआरआई र सिटीस्क्यान सेवा थप गरिएको र प्रयोगशालाको सेवा पनि वृद्धि गरेर हर्मन, क्यान्सरलगायतका थप सेवाहरूको परीक्ष्Fण शुरू गरिएको बताए । उनले प्रयोगशालाबाट अहिले दैनिक दुई सयजनाले सेवा लिइरहेको जानकारी गराएका छन् ।
नारायणी अस्पतालमा अहिले १७ शøयाको आइसियू सञ्चालनमा छ । यसअघि सात शøयाको आइसियूलाई विस्तार गरिएको हो । अस्पतालमा सुधारका धेरै काम गर्नुपर्ने र अहिले भौतिक संरचना अभावमा बिरामीहरूलाई भर्ना गरेर प्रभावकारी सेवा दिन नसकिएको उनले बताए ।