नरेश यादव, पर्सागढी, १० असोज/

पर्सागढी नगरपालिका–४ मा भएको विकास निर्माण कार्यमा भएको अनियमितता सम्बन्धमा अख्तियारले चासो देखाएको छ । अख्तियारको टोलीले बुधवार वडा नं ४ मा भएको सडक निर्माण कार्यको स्थलगत अनुगमन गरेको छ ।

असार मसान्तमा सो सडकको निर्माण रु ५० लाखको लागतमा उपभोक्ता समितिमार्फत गरिएको थियो । उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण पाठक भएपनि वडाध्यक्ष्F शेख खुर्सेदका भाइ शेख शम्शादले सो सडकको निर्माण कार्य गराएका थिए ।

सो ठाउँमा मधेस प्रदेशको सशर्त अनुदानबाट निर्माण गरिएको सडकमा कमसल निर्माण सामग्री प्रयोग भएको र बहाव नहुने नाला निर्माण गरिएको उजूरी परेको थियो । यससम्बन्धी समाचार प्रतीक दैनिकमा असार १ गते प्रकाशित भएपछि अख्तियारले यस सम्बन्धमा आज छानबीन अगाडि बढाएको हो ।

यसैगरी, पर्सागढी नपाले वडा नं ४ मा सामाजिक विकास कार्यक्रम अन्तर्गतको लागूऔषध, छुवाछूतसम्बन्धी तालीमबारे पनि अख्तियासले अनुसन्धान गरेको छ । नगरपालिकाले सो वडामा तालीम नै नगराएर रकम दुरुपयोग गरेको आरोप लागेकोमा अख्तियारले यस सम्बन्धमा पनि छानबीन गरेको छ । यसबारेमा प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराईसँग बुझ्दा उनले अख्तियारको टोली आएको र सडक निर्माण र तालीम सम्बन्धमा छानबीन गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here