नितेश कर्ण, वीरगंज, ५ असोज/

सर्लाहीमा हिजोदेखि भएको दुई समुदायबीचको विवाद आज शुक्रवार दिउँसो नगरपालिकामा भएको सर्वदलीय निर्णयपछि साम्य भएको छ ।

जिल्ला सुरक्षा समिति, सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता तथा प्रदेशसभा सदस्य कौशलकिशोर राय यादवको प्रमुख आतिथ्यमा बसेको सर्वदलीय बैठकले निष्पक्ष छानबीन गरी घटनाका दोषीहरूलाई कारबाई गर्ने, पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेपछि हिजोदेखि शुरू भएको दुई समुदायबीचको विवाद साम्य भएको हो ।

बैठकले घटनासम्बन्धी सूक्ष्म समीक्षा गर्दै सबै मूर्तिलाई एकै स्थानमा राखेर आज साँझ ५ देखि ७ बजेसम्म विसर्जन गर्ने निर्णय गरेको थियो ।

यसैगरी, सत्यतथ्य पत्ता लगाएर घटनाका दोषीलाई कारबाई गर्ने, ब्रह्मपुरी गापामा तोडफोड गर्ने अराजक तŒवलाई पहिचान गरी कारबाई गर्ने, घटनामा मानवीय र भौतिक क्षति पु¥याउने व्यक्ति पहिचान गरी निजबाटै क्षतिपूर्ति भराउने, घटना पुनः नदोहोरिन दिने विषयमा सबै पक्षले गम्भीरतापूर्वक आफ्नो दायित्व निर्वाह गर्ने निर्णय भएपछि हिजोदेखि भएको विवाद आज साम्य भएको हो ।

श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा हिजो विवाद भएपछि राति १० बजेदेखि जिप्रका, सर्लाहीले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी गरे पनि आज बिहानदेखि प्रदर्शन गरिएको थियो भने जिल्ला प्रशासन कार्यालय घेराउको क्रममा केही सेल अश्रुग्याँस प्रहार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here