प्रस, वीरगंज, ४ असोज/
वीरगंजका व्यवसायी अनिल रूँगटा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवाले बिहीवार पार्टीको विधान २०१७ को संशोधनसहित धारा २१ को उपधारा १० बमोजिम रूँगटासहित आठजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
सभापति देउवाले मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, चन्द्र भण्डारी, भरतकुमार साह, शारदा पौडेललाई मनोनीत गरेका हुन् । २०७८ सालमा भएको नेकाको महाधिवेशनबाट निर्वाचित सभापति देउवाले छ महीनाभित्र ३३ जना केन्द्रीय सदस्य नियुक्त गर्नुपर्ने प्रावधान रहेको र हाल उनले १९ महीनापछि आठजना केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । पर्साबाट मनोनीत केन्द्रीय सदस्य रूँगटा संविधानसभा सदस्य पनि हुन् ।
नेकाको विधान अनुसार १० वर्ष निरन्तर क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिबाट एक तिहाइ महिला सदस्य, समावेशी सिद्धान्त र अपाङ्गता भएका अल्पसङ्ख्यक वा पिछडिएका क्ष्Fेत्रका प्रतिनिधिलाई समेत ध्यानमा राखी ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था रहेकामा १९ महीनापछि सभापति देउवाले आठजना केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।