प्रस, वीरगंज, २८ भदौ/
दैनिक बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूलाई प्रहरीले पक्राउ नगरेको सेवाग्राहीले आरोप लगाएका छन् ।
छ महीनाअगाडि वीरगंज–१० सर्राफ मार्केटमा रहेको दैनिक बचत तथा ऋण सहकारी संस्था बचतकर्ताहरूको रकम लिएर फरार भएको थियो ।
बचतकर्ताहरूको रकम लिएर फरार भएपछि दैनिक बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी परेको थियो । १० जनाभन्दा बढीले उजूरी गरेको तर अहिलेसम्म कुनै सुनुवाइ नभएको बचतकर्ताहरूको आरोप छ ।
बहुदरमाई नगरपालिकाको बागेश्वरी तित्रौना निवासी सञ्चालक रूपेशकुमार पटेल, कोषाध्यक्ष शिवकुमार पटेलविरुद्ध उजूरी परेको र उनीहरू वीरगंजमा निर्धक्क घुमिरहेका तर प्रहरीले पक्राउ गरी कारबाई नगरेको बचतकर्ताहरूको आरोप छ ।