प्रस, वीरगंज, २७ भदौ/

ज्येष्ठ नागरिक सङ्घ, पर्सामा आबद्ध ज्येष्ठ महिलाहरूले तीजको दर खाएर पर्व मनाएका छन् । ज्येष्ठ नागरिक पार्क वीरगंज–१५ मा आयोजित दर खाने कार्यक्रममा १६ जना ज्येष्ठ महिला सहभागी भएका र उनीहरूले दर खानुका साथै तीजको गीतमा नाचगान गरेर रमाइलो गरेका ज्येष्ठ नागरिक सङ्घ पर्साकी महिला संयोजक आशा गौतमले बताइन् ।

दर खाने कार्यक्रममा सहभागी महिलाहरूलाई सङ्घकी सदस्य अञ्जु श्रेष्ठले टीका लगाएर स्वागत गरेकी थिइन् । कार्यक्रममा ९४ वर्षीया ज्येष्ठ नागरिक पूर्वउपप्रमुख शान्ति कार्की पनि नाचगानमा सहभागी भएकी थिइन् । ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष श्याम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संयोजक जगदीशप्रसाद शर्मा, शाखा उपाध्यक्ष बैधनाथ कोइरी, सचिव विनयराज गौतम, उषा शाह, बिन्दु शर्मा, ज्योति शाह, सङ्गीता पोखरेलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here