• डा शिवशङ्कर यादव

चिन्तालाई पहिले न्युरोसिस भनिन्थ्यो जसलाई १७७७ मा स्काटिश वैज्ञानिक विलियम कुलेनले नाम दिए । न्युरोसिसमा न्युरोनको मतलब नर्भ र ओसिसको मतलब असामान्य अवस्था हुन्छ । तर वास्तवमा यो नर्भको होइन मनको असामान्य अवस्था हो । त्यसैले १८८४ मा वैज्ञानिक सोरेनले यसको एङजाइटी डिजार्डरको नाम दिए जसलाई अमेरिकन एसोसिएशन अफ साइकियाट्रीले पनि स्वीकार ग¥यो ।

यसरी न्युरोसिस यस कारण गलत छ कि यो बिमारी नर्भको होइन, मनको हो । तब पश्न उठ्छ कि मान्छेहरू आज पनि न्युरोसिस नै किन भन्छन् ? यसको जवाब यो हो कि मनलाई पनि नर्भले नै निर्माण गर्छ । जसरी फूलले सुगन्धको निर्माण गर्छ त्यसरी नै नर्भले मनको निर्माण गर्छ । सुगन्ध जसरी वातावरणमा राम्रो र स्वस्थ प्रभाव छोड्छ त्यस्तै हाम्रो मन पनि हाम्रो राम्रो स्वास्थ्यको कारण बन्छ । मनको स्वभाव त्यही हो । तर मानौं सुगन्ध भएको ठाउँमा नै तपाईंले फोहोर थुपारी दिनुभयो । तब त्यस निर्मल सुगन्धको परिस्थिति बदलिन्छ । सुगन्धित मनमा अब फोहोर पस्यो । मन बिग्रियो, एङजाइटी भयो । यो फोहोर कति मात्रामा मनभित्र पसेको छ त्यति नै मात्रामा मन खराब देखिन्छ । एङजाइटीमा यो फोहोर डिप्रेशन र सिजोफ्रेनियाभन्दा कम हुन्छ । त्यसैले फोहोर फाल्ने चिकित्सकलाई पनि कम मेहनत लाग्छ । सिजोफ्रेनियाको फोहोर फाल्न बढी मेहनत लाग्छ । अब प्रश्न उठ्छ कि त्यस मनमा फोहोर कसले फाल्छ । यसको जवाब छ ः संसारले । हामी घर बनाउँछौं । बस शुरू हुन्छ फोहोर हुनु र फोहोर फाल्नु । त्यस्तै जन्म लिने बित्तिकै मनमा फोहोर पस्न शुरू हुन्छ र त्यसलाई फाल्ने प्रक्रिया पनि स्नायुले शुरू गर्छ । यो जन्मदेखि मृत्युपर्यन्त चल्ने क्रिया हो । यहाँ रोचक यो छ कि हाम्रो स्नायुले नै फोहोर जम्मा गर्छ र स्नायुले नै फाल्छ पनि । यो बिल्कुल सजिलो कुरा हो किनभने सम्पूर्ण संवेदनाको वाहक नर्भ हो र नर्भले नै विभिन्न माध्यमबाट फालेर शरीरलाई स्वस्थ राख्ने जिम्मेवारी वहन गर्छ । जब स्नायुले सक्दैन तब औषधिको पिटारा लिएर चिकित्सक उपस्थित हुन्छ । पाठकवृन्द १ यस अतिरिक्त मनको अर्को रहस्य छैन । हामी भोजन खान्छौं, कचरा खाँदैनौं । त्यस्तै मनको भोजन हो सत्सङ्ग र सत्साहित्य । तर हामी खान्छौं कुसङ्ग र कुत्सित साहित्यको कचरा । जसरी कचरा खाँदा पेटमा अजीर्ण हुन्छ, त्यस्तै कुसङ्ग र कुत्सित साहित्यको कचराले मनमा अजीर्ण हुन्छ र यसै अजीर्णको नाम हो मानसिक रोग । अब तपाईं स्वयं त्यस अजीर्णको औषधि फेला पार्नुस् । फेला पार्नुभएन भने चिकित्सकहाँ जानुस् । उसलाई त्यस अजीर्णबारे साङ्गोपाङ्ग थाहा हुन्छ ।

आज हामी यसै अजीर्णमध्ये एक एङजाइटी डिजार्डरको जानकारी लिनेछौं । एङजाइटी लैटिन शब्द हो, जसको अर्थ हुन्छ भविष्यप्रति चिन्ता वा कठिनाई । पाठकवृन्द १ संसारमा केवल मान्छेले नै चिन्ता गर्छ, अन्य प्राणीले गर्दैन । यसको कारण यो हो कि केवल मनुष्य मात्रले नै चिन्तन गर्छ । चिन्तनबाट नै चिन्ता आउँछ तर दुवैमा आकाश पातालको अन्तर छ । चिन्तन–जगत्को मार्ग पहिल्याउने ध्यान हो भने चिन्ता यस्तो रोग हो जसले सबै मार्ग बन्द गरिदन्छ ।

दुईटा भ्यागुता खाडलमा खसे । दुवै खाडलबाट निस्कन प्रयास गर्न शुरू गरे । त्यतिकैमा एउटा बालक ताली पिट्दै आयो र कराउन थाल्यो ः अब यी भ्यागुता बाहिर आउन सक्दैनन्, सक्दैनन्, सक्दैनन् । यो सुनेर एउटा भ्यागुतामा चिन्ता छायो । उसले प्रयास गर्न छाडिदियो । तर अर्कोले प्रयास जारी राख्यो र आखिर खाडलबाट बाहिर निस्कन सफल भयो । बच्चा हैरान भयो र नजीकै खेतमा काम गरिरहेको आफ्नो बाबुलाई सोध्यो ः त्यो भ्यागुता कसरी बाहिर निस्कन सक्यो ? बाबु गएर जाँच गरे । पत्ता लाग्यो बाहिर निस्कने भ्यागुता बहिरो थियो । यसबाट के नतीजा निस्किन्छ भने चिन्तित नहुनको लागि दुनियाँको निगेटिभिटीप्रति कान बन्द गर्नुस्, सुन्दै नसुन्नुस् । तर आम मानिसको लागि यो सम्भव छैन । यस कारण चिन्ता हुन्छ । चिन्तालाई चिताभन्दा पनि खराव मानिएको छ । चिताले त मृत शरीरलाई जलाउँछ तर चिन्ताले ज्युँदो शरीरलाई जलाइदिन्छ । यस्तो बिमारी बनिसकेको चिन्ताबारे भनिन्छ तर वास्तवमा चिन्ता एउटा नर्मल प्रोसेस हो । हामी सबै चिन्ता गर्छौं तर सबै चिन्ता भने बिमारी नै होइन । सामान्यरूपले यसको दुई किसिम हुन्छ ः ट्रेट एङजाइटी र स्टेट एङजाइटी । कसैकसैमा कुनै पनि कुरामा चिन्तित हुने बानी नै हुन्छ । फेरि त्यो हराएर जान्छ । यसलाई ट्रेट एङजाइटी भनिन्छ । स्टेट एङजाइटी त्यस चिन्तालाई भनिन्छ जुन जाँदैन र बिमारी बनेर बसिरहन्छ । ट्रेट एङजाइटी भएकाहरूमध्ये स्टेट एङजाइटीमा पर्ने सम्भावना बढी हुन्छ । जब यस चिन्ताको अवधि मानिसमा ६ महीना वा सोभन्दा बढी दिनसम्म रहन्छ, तब मात्र त्यसलाई एङजाइटी डिजार्डर भएको मानिन्छ ।

अतः चिन्तालाई यस प्रकारले परिभाषित गर्न सकिन्छ ः चिन्ता मनको त्यो अवस्था हो जो व्यक्तिलाई परेशान त गर्छ तर व्यक्तिको व्यक्तित्व र व्यवहारमा खासै परिवर्तन हुँदैन र रोगीमा वास्तविकताको ज्ञान रहिरहन्छ, बिरामी आफ्नो चिन्ताबाट अवगत र सचेत हुन्छ तथा त्यसबाट उन्मुक्तिको मार्ग खोजी रहन्छ ।

मनोविज्ञानमा एङजाइटीलाई निम्न वर्गमा बाडिन्छ ः १. जेनरलाइज्ड र २. पैनिक एङजाइटी डिजार्डर । पहिलो साधारणतया छोपिएको हुन्छ र उमेरको तेस्रो दशकमा देखा पर्छ । यो छ महीनासम्म हुनैपर्छ । एक वर्षसम्म २ देखि ८ प्रतिशतसम्म देखिन्छ । यही सबैभन्दा बढी सङ्ख्यामा पाइने चिन्ता हो । दोस्रो अथवा पैनिक रूप एक्कासि देखिन्छ । तनावको ग्रीक देउताको नाम पैन हो । उनकै नाममा यसको नामाकरण गरिएको छ । यो प्रायः महिलामा र तेस्रो दशकमा देखिन्छ । यसमा महिला एक्कासि आतिन्छन्, सास रोकिन्छ र निद्रा लाग्दैन । त्यसपछि यो ठीक हुन्छ र केही दिनपछि फेरि हुन्छ । यसको कुनै कारण पत्ता हुँदैन । कसैकसैमा यो जीवनभरि भइरहन्छ । यो १.५ देखि २ प्रतिशतको सङ्ख्यामा देखिन्छ । मेरी बुहारीमा यो दुईपटक देखियो, जो एकल महिला हुन् । शायद एक्लोपन यसको कारण होला ।

चिन्ताका लक्षणहरू ः यसलाई पनि दुई भागमा बाँडिन्छ ः १. शारीरिक र २. मानसिक लक्षणहरू । शारीरिक लक्षण पनि दुई किसिमको हुन्छ क. मोटोरिक र ख. स्वचालित वा भिसेरल । पहिलोमा ट्रेमर, बैचैनी, मांसपेशीको ट्विचिङ अथवा फडफडाहट, भयजनित अनुहार आदि हुन्छ । स्वचालितमा ः ढुकढुकी, हृदय गति बढ्नु,पसीना आउनु, फेसियल फ्लसिङ्, सास रोकिनु, ठूलो ठूलो श्वास प्रश्वास, मुख सुक्नु, बारम्बार पिसाप लाग्नु, चक्कर आउनु, पखाला चल्नु र मिड्रियासिस अर्थात् आँखाको नानी फैलिनु आदि हुन्छ । २. मानसिक लक्षणहरूलाई चार वर्गमा बँँडेर अध्ययन गरिन्छ यथा ः क. कग्निटिभ वा एकत्रित ख. परसेप्चुअल अथवा ग्राह्य सम्बन्धी, ग. एफेक्टिभ अथवा असरसम्बन्धी र घ. अन्य । कग्निटिभमा कमजोर एकाग्रता, अल्मलिनु, बढी उत्तेजित हुनु, झस्किनु, कुनै कुराको जाँच गर्नु आदि बढी पाइन्छ । ख. परसेप्चुअलको मतलब हुन्छ बोधसम्बन्धी । यसमा रोगी वास्तविकता र उत्तरदायित्व बुझ्दैन र व्यक्तित्वको क्षय हुन्छ । ग. एफेक्टिभमा रोगीलाई दुःखद, अस्पष्ट र विस्तृत विचार र त्यसमा शङ्का महसूस हुन्छ । रोगी भयभीत र रिलेक्स गर्न अयोग्य हुन्छ तथा चिडचिडा बन्छ । अन्यमा ः इनिसियल इन्सोम्निया अर्थात् शुरूमा निदाउन नसकिने र जवाबमा झस्कने र झस्काइने व्यवहार देखिन्छ ।

चिन्ता हुने कारणहरू ः चिन्ताको पनि एउटा निश्चित कारण छैन । त्यसैले यसको व्याख्या पनि विभिन्न सिद्धान्तको आधारमा गरिन्छ, जसमध्ये मुख्य सिद्धान्त  निम्नलिखित छ ः साइकोडायनामिक थ्योरी ः हाम्रो मानसिक संसार बडो जटिल छ । यसमा शरीर वा वातावरणमा कुनै पनि गडबड भयो भने त्यसको सिग्नल प्रवाहित भइरहन्छ । त्यो सिग्नल पाएपछि मनले त्यसबाट उम्कन सक्ने उपाय निकाल्छ । चिन्ता पनि शरीर वा वातावरणमा भएको गडबडीको एउटा सिग्नल हो, बिमारी होइन । बिमारीको रूप यसले पछि लिन्छ । चिन्ताको सिग्नल पाउने बित्तिकै मनले त्यसबाट उम्कन इगोलाई निर्देश गर्छ । इगोले आफ्ना विभिन्न नोकरहरूलाई त्यस कामको लागि रवाना गर्छ । यी नोकरहरूमा रिप्रेशन, कन्भर्सन र आइसोलेशन मुख्य हुन् ।  रिप्रेशनले गडबडी गर्ने विचारलाई शमन गरिदिन्छ र चिन्ता हराउँछ । यदि रिप्रेशन फेल हुन्छ भने कनभर्सन अगाडि आउँछ जसले गडबडी अनुसार आफू लचिलो भएरपरिवर्तन गर्छ र चिन्ता हराउँछ । त्यो पनि फेल भयो भने आइसोलेशन अगाडि आउँछ र आफूलाई पूरै वातावरणबाट आइसोलेट पार्छ र चिन्ता हराउँछ । चिन्तामा रिप्रेशन फेल हुन्छ र अरू सैनिक आइ नसकेको हुन्छ ।

यसलाई एउटा उदाहरणबाट बुझौं । औरंगजेबले धर्म परिवर्तन गर्न हिन्दूलाई उर्दी जारी गरेको छ । त्यसबाट तीनजना हिन्दू चिन्तामा परेका छन् । पहिलोमा रिप्रेशनले नै काम गर्यो र चिन्ताको विचारको शमन ग¥यो । मानिसले सोच्न थाल्यो ः अँ, जे नै होला देखा जाला । ऊ निर्भय छ र हाँसीहाँसी मर्छ पनि । दोस्रो हिन्दूमा रिप्रेशन फेल भयो र कनभर्सन अगाडि आयो । उसले सोच्छ अब धर्म परिवर्तन गर्नु नै उपाय छ । ऊ धर्म परिवर्तन गर्छ र चिन्तामुक्त हुन्छ । तेस्रो हिन्दूमा रिप्रेशन र कनभर्सन दुवै फेल भयो र आइसोलेशन अगाडि आयो । उसले भन्यो आफूलाई आइसोलेट गर र कहीं अन्यत्र जाऊ । मान्छे भागेर नेपाल आयो । त्यस वातावरणबाट उन्मुक्ति पायो । चिन्ता हरायो ।

यसलाई एउटा अर्को उदाहरणले पनि बुझौं । कोरोना फैलिएको छ । सबै चिन्तित छन् । एकजनामा रिप्रेशनले काम ग¥यो । उसले सोच्यो ः जे हुन्छ, हुन्छ । उसले रोगीलाई सहयोग गर्न थाल्यो । ऊ निश्चिन्त भएर सबैको सहयोग गर्छ चाहे उसैलाई कोराना किन नहोस् । परवाह गर्दैन । अर्को मानिसमा रिप्रेशनले काम गरेन, कनभर्शनले काम ग¥यो । ऊ मास्क वा प्लास्टिकको पोशाक लगाएर परिवर्तितरूपमा बाहिर आउँछ । तेस्रो मानिसमा आइसोलेशनले मात्र काम ग¥यो । उसले भन्यो मूर्ख आफूलाई आइसोलेट गर नत्र मर्छौ । उसले आफूलाई कोठामा आइसोलेट गर्छ र कोरोनाबाट मुक्त रहन्छ । भनिन्छ प्लेगको बेला न्युटन आफूलाई एउटा कोठामा बन्द गरेर प्लेगबाट जोगिएका थिए । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here