प्रस, वीरगंज, १४ भदौ/

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसमा मूल्यवृद्धि गरेको छ ।
गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल रू ४ र मटीतेल तथा डिजेलमा प्रतिलिटर रू ३ ले वृद्धि गरेको छ भने खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर रू २३५ बढाएको छ ।

नयाँ दररेट अनुसार अब पेट्रोल प्रतिलिटर रू १७५/५०, १७७ र १७८ मा तथा डिजेट रू १६४/५० पैसा, १६६ र १६७ सम्म तीन वर्गमा बिक्री हुन्छ ।

यसैगरी, खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर रू २३५ ले वृद्धि भएको छ । अब एलपी ग्याँस प्रतिसिलिन्डर रू १८९५ पर्ने भएको छ । यसअघि एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर रू १४० घटेर रू १६६० कायम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here