प्रस, वीरगंज, १३ भदौ/
श्रावण शुल्क पक्ष चतुर्दशीका दिन वीरगंज महानगर–१० अशोकवाटिकास्थित बौधीमाईमा श्रावणी पूजा सम्पन्न भएको छ । विगत लामो समयदेखि यहाँ श्रावण शुल्क पक्ष चतुर्दशीका दिन श्रावणी पूजा गरिंदै आएको छ । आज तिथिले श्रावणको अन्तिम दिन मेला भर्न ठूलो सङ्ख्यामा भक्तजनहरू आएका थिए । मेलाको अन्तिम दिन यहाँ भाखल अनुसार नरिवल, बोका, हाँस, कुखुराको बलि दिने गरिन्छ ।

आजको अन्तिम श्रावणी पूजा मन्दिरका संस्थापक गौरीशङ्कर साह कानू, लखन साह कानू, अमर साह, पाशपत साह, मदन साह, मनोहर साहलगायतका परिवारबाट शुरू भएको थियो । उनीहरूको पूजा सकिएपछि सर्वसाधारणका लागि मन्दिरको ढोका खोलिएको थियो ।

कानू परिवारका स्व धनसर साह कानूले मन्दिर निर्माण गराएका थिए र प्रत्येक श्रावण महीनाको शुल्कपक्ष चतुर्दशीका दिन मात्र यहाँ बौधीमाईको पूजा गर्ने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here