प्रस, वीरगंज, १० भदौ/
गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई भ्रष्टाचारमुक्त बनाउने र आमजनतालाई समृद्धिको अनुभूति दिलाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
वीरगंजमा आइतवार प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले विगतमा के भयो आफूलाई थाहा नभएको तर आफू नेतृत्वमा रहेसम्म विकृतिविरुद्ध लड्ने बताए । उनले जनतालाई सुशासनको अनुभूति गराउने उद्देश्यले ललिता निवास जग्गा प्रकरण, नकली भुटानी शरणार्थी काण्डका कुनै पनि दोषीलाई बा“की नराखेको दाबी गरे । अपराध गर्ने जोसुकै पनि कानूनको दायरामा आउ“छन् र सजायको भागीदार बन्नुपर्छ उनले भने ।
उनले मिटरब्याजविरुद्धको अभियानमा पनि सरकारले धेरै गरीबको जग्गा फिर्ता गराएको, साहुमहाजनस“ग वार्ताको माध्यमबाट मिलापत्र गराएर ऋणमुक्त पारिएको दाबी गरे । उनले देशमा अझै ठूलाठूला काण्डका दोषीहरूलाई कानूनको दायरामा ल्याउने कार्य हुने बताए । सिबिआईले अध्ययन अनुसन्धान गरिरहेको छ, दोषी कोही पनि बा“की बच्दैनन् उनले बताए । गृहमन्त्री श्रेष्ठले चोरी निकासी, पैठारीका कारण राजस्व प्रभावित हुने हु“दा आफ्नो क्षेत्रमा हुने चोरी निकासी, पैठारीका घटना नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिए ।
पत्रकार सम्मेलन प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको थियो भने सहजीकरण शिवनाथ यादवले गरेका थिए ।
पाँचजना प्रदर्शनकारी पक्राउ
गृहमन्त्री वीरगंजमा आएको मौका छोपी हिन्दूवादी युवाहरूले धरान घटनाका दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय, पर्साको भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री बोल्ने क्रममा हिन्दूवादी युवाहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले कार्यक्रमस्थल बाहिर गृहमन्त्री मुर्दाबाद, राजीनामा दे, गाई काट्न पाइ“दैन, दोषीलाई कारबाही गर जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीमध्ये पा“चजना युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।