तिरूवनन्तपुरम, १० भदौ/एएनआई
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् ।

तिरूवनन्तपुरममा पत्रकारहरूसँग शनिवार राति कुरा गर्दै उनले जुनसुकै ग्रहमा पुग्न सक्ने सामथ्र्य भारतको रहेको दाबी गरे । इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताए । “हामीलाई थप लगानीको खा“चो छ, अन्तरिक्ष क्षेत्रको विकास गर्नुपर्छ र यसबाट सि·ो राष्ट्रको विकास गर्नुपर्छ, त्यो हाम्रो लक्ष्य हो”– इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बावजूद सफलतापूर्वक सम्पन्न गरेको सुनाउ“दै उनले भने ।

यस अघि शनिवार नै प्रधानमन्त्री नरेन्द्र मोदी बेंगलुरूको इसरो मुख्यालयमा पुग्दा उनलाई हार्दिक स्वागत गरिएको थियो । उनले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्त २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा गरेका थिए । गत बुधवार सा“झ चन्द्रमाको दक्षिण ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएस“गै दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बनेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here