अहम्ले जब आकार लिन्छ, त्यसलाई अहङ्कार भनिन्छ । कर्तापनको अभिमान नै अहङ्कार हो । यसले स्वयंलाई ठूलो घोषित गर्दछ । आपूm हुनुको अनुभूति राम्रो हो, तर त्यो अनुभूति यस सीमासम्म बढ्नु कि अरू केही अनुभूत नै नहोस्, निश्चितरूपले समस्या उत्पन्न गर्दछ । त्यो हुँदा हामी यो स्वीकार नै गर्न सक्दैनौं कि हामी गलत पनि हुन सक्छौं । अनि त हामी सबै वस्तु, सबै चीजको केन्द्र आपूm नै बन्न थाल्छौं ।

आप्mनो अहम्को जरालाई विस्तार हुनबाट रोक्नु सहज हुँदैन । के हामीले कहिले सोचेका छौं कि केही मानिस यति कटु किन हुन्छन्, अथवा विनाकारण हाम्रो जीवनबाट बाहिर किन जान्छन् ? के कहिले यो सोचिएको छ कि पछिल्ला हजारौं वर्षमा जति युद्ध लडिए, ती शुरू किन भए ? केही युद्ध त निकै भयावह थिए । यसमा नमालूम कति जिन्दगी खतम भए र के हामीले कहिले ती तमाम अपराधहरूबारे सोच्यौं, जसले लाखौं मानिसको ज्यान लिइरहेका छन् ?

युद्ध होस् वा अपराध–यी सबै एउटै स्रोतबाट शुरू हुन्छन्, जुन हो अहङ्कार । यसबाट मुक्ति पाउनका लागि सबैभन्दा जरुरी यो बुझ्नु हो कि यो आखिर हो के ? अहङ्कारको अर्थ त्यस भावसँग छ, जसमा हामी हमेशा के मानेर हिंड्छौं भने हामी सही छौं र हामी कहिले गलत हुन सक्दैनौं । यदि हामी यो स्वीकार गर्ने स्थितिमा हुन्छौं कि हामी पनि कहिले गलत हुन सक्छौं भने निश्चितरूपमा हाम्रो जीवनबाट अहङ्कार बिदा हुन्छ र जीवन पनि तुलनात्मक दृष्टिले सुखद बन्छ ।

अहङ्कारले असुरक्ष्Fा, भय, घृणा र धारणाको पालनपोषण गर्दछ । हाम्रो लागि जे पनि सही छ, यसले त्यसको विरोध गर्दछ । यो हाम्रो प्रगति पथलाई छेक्ने अँध्यारो हो । यो हामी सबैको व्यक्तित्वमा छ । यो हामीबाट टाढा कहीं जाँदैन । यसबाट मुक्ति पाउने सबैभन्दा राम्रो तरीका यही हो कि हामी स्वयं शान्त रहने कोशिश गरौं । यस्तो गर्नु कैयौं धर्मका मूल तŒव पनि मानिएको छ–विशेषरूपले पूर्वीय दर्शनको ।

सबै धर्मको मूल शिक्ष्Fणमा निरहङ्कारिताको गुण आत्मसात् गर्ने प्रेरणा दिइएको छ, तर यसका साथ यो पनि सर्वविदित सत्य हो कि यसमा विजय सहज तरीकाले प्राप्त हुन सक्दैन । यसमा विजय प्राप्त गर्नका लागि एउटा यस्तो चुनौतीपूर्ण पथमा हिंड्न स्वीकार गर्नुपर्छ, जसलाई आजको भौतिकवादी युगमा, जहाँ त्वरित लाभलाई प्राथमिकता दिइन्छ, स्वीकार गर्नु सम्भव नै हुँदैन ।

यसैले श्रेयस्कर विकल्प यही हो कि हामी स्वयंलाई सजग र सतर्क राखौं, जसले हामी जान्न सकौं कि अहङ्कारको कारण के हो ? यो सबै ठाउँमा छ । यसको निरन्तर विस्तार भइरहन्छ । यसैका कारण सम्बन्ध टुटेपछि हामी सम्बन्धित व्यक्तिलाई नोक्सान पु¥याउन चाहन्छौं । यसैका कारण हामी सडकमा कुनै अर्को गाडीले गर्दा केही अप्ठ्यारो पर्दा, आप्mनो गाडी उसका अगाडि तेस्र्याएर उसलाई दिक्क पार्न थाल्छौं ।

अहङ्कारले गर्दा नै हामी आप्mनो गलती मान्दैनौं । यसैका कारण हामी अरूसँग अनुचित व्यवहार गर्दछौं । यसैले गर्दा आप्mनो विफलता वा अवहेलना हामी कदापि सहन गर्न सक्दैनौं । यसको यो सूची निकै लामो छ । प्रत्येक दिन यस्ता धेरै परिस्थितिको हामी सामना गर्दछौं, जब हामी विभिन्न किसिमबाट आप्mनो अहङ्कारपूर्ण प्रतिक्रिया व्यक्त गर्दछौं । फेरि जब परिस्थिति हाम्रो वशमा हुँदैन वा हाम्रो खिलाफ हुन्छ, हामी तुरुन्त आपूmलाई दुर्भाग्यशाली ठान्न थाल्दछौं र यसको दोष अरूमाथि थोपर्न थाल्दछौंस जबकि ती समस्याहरूको मूल कारण अहङ्कार नै हुन्छ ।
यो यस्तो समस्या हो, जसका कारण हाम्रो व्यक्तित्वको पतन हुन्छ र हाम्रो यस कमजोरीको लाभ पनि अरूले नै उठाउँछन् । यदि अहङ्काररूपी यस जटिल समस्याको हामीले सरल समाधान प्राप्त गर्नुछ भने त्यसको सुरुरूआत, आप्mनो गलती स्वीकार गरेर नै गर्नुपर्छ ।

यस स्वीकार्यताको क्रममा हामीले आप्mनो आत्मग्लानिको सामना पनि किन नगर्नुपरोस्, तब पनि यस मार्गमा हिंड्नु नै एकमात्र उचित उपाय हो । समस्या के छ भने जन्म–जन्मान्तरका बानीहरूले मानिसलाई सरलताले आप्mनो जीवन बदल्ने अवसर नै प्रदान गर्दैनन् ।

अहङ्कार मानिसको अन्तर्मनमा यस प्रकार कब्जा गरेर बसिदिन्छ कि त्यसलाई अस्वीकार गर्ने साहस सबै मानिसले गर्न सक्दैन । यसपछाडि एउटा कारण यो पनि हो कि हामीले कहिले आप्mना त्रुटिहरू स्वीकार गर्ने भाव स्वयंभित्र जाग्रत हुन दिएका हुन्नौं । जब हामी आप्mना गलतीहरू स्वीकार गर्ने र प्रायश्चित गर्ने मार्गमा अघि बढ्छौं अनि यो अहङ्कार ठूलो आकार लिएर बाटो छेक्न थाल्छ ।

हामीले सदैव आप्mना कमीहरूको समीक्षा गरिराख्नुपर्छ र तिनलाई सुधार्न अनवरत प्रयत्न पनि गरिराख्नुपर्छ । यसका साथै हामीले आपूmभित्र विवेक उत्पन्न गर्नुपर्छ । विवेकको अर्थ हो–उचित र अनुचितको भेद ।

जब हामी गलत र सहीबीचको सूक्ष्म भेदलाई बुझेर राम्रो काम गर्न थाल्दछौं अनि अहङ्कारमा कमी आउन थाल्दछ र त्यसको श्रेय आपूmले नलिएर ईश्वरलाई समर्पित गरिदिंदा कर्तापनको अभाव हुन थाल्छ ।

अहङ्कार नै हाम्रो व्यक्तित्वको पतनको कारण हो र यसको समूल नाश नै हाम्रो जीवनको एकमात्र ध्येय हुनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here