काठमाडौं, ३० साउन/रासस
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मङ्गोलियामा हुने इस्ट एशियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने भएका छन् ।

ओलम्पिक काउन्सिल अफ एशिया र मङ्गोलियाको खेलकूद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकूद मेलामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एशियाबाटै एकमात्र रेफ्रीको रूपमा अशोक चयन भएका हुन् ।

अशोक हाल दक्षिण कोरियामा छन् । दुई हप्ताअघि विश्व ¥याङकिङ जि २ प्रतियोगिता किम योङ कप तेक्वान्दो च्याम्पियनशिपमा निर्णायकको भूमिका निर्वाह गर्न अशोक दक्षिण कोरियाको मुजु गएका थिए ।

उनी दक्षिण कोरियाबाट नै मङ्गोलियाको उलानबाटर प्रस्थान गर्नेछन् । प्रतियोगिता अगस्त १६ देखि २२ तारिखसम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here