प्रस, निजगढ, २८ साउन/
निजगढ नगरपालिका–१० लाल खोला पार गर्ने क्रममा आइतवार बिहान दुध बोक्ने ट्याङ्करलाई बाढीले क्षति पु¥याएको छ ।

रतनपुरबाट दूध भरेर थप दूध भर्न लालबस्ती जाने क्रममा लाल खोलाको झोलुङ्गे पुल पार गर्ने क्रममा प्रदेश २–०३–००१ क ०३९० नम्बरको ट्याङ्कर खोलाबीचमा फसेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ । बाढी आएको थाहा पाउने बित्तिकै ट्याङ्करका चालक र अन्य मानिस आआफ्नो ज्यान बचाउन सफल भएपनि ट्याङ्कर छोपिने गरी बाढी पसेर र खोलाबीचमा ट्याङ्कर बालुवामा धसेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन बेस निजगढबाट सशस्त्र प्रहरी नायब निरीक्षक दिलभूषण झा नेतृत्वको ११ जना विपत् व्यवस्थापन तालीम प्राप्त उद्धार सामग्रीसहितको सशस्त्र प्रहरी टोली घटनास्थल पुगी दिउँसो करीब २ बजे दुईवटा एक्साभेटरको सहायताले ट्याङ्करलाई खोलाबाट बाहिर निकाल्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन बेस निजगढका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र थापाले जानकारी दिए ।

सो बाढीले ट्याङ्करमा रु १० लाखभन्दा बढीको क्षति पु-याएको प्रहरीको अनुमान छ । यस विपत् व्यवस्थापन बेस निजगढले बारा, पर्सा, रौतहटका क्षेत्रमा १२ महीनै विभिन्न विपत् कार्यमा सक्रिय उद्धार, व्यवस्थापन गर्दै आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here