प्रस, वीरगंज, २६ साउन/
ज्ञानदा एकेडेमीले शुक्रवार हजुरबुबा र हजुरआमा दिवस कार्यक्रम आयोजना गरी मनाएको छ ।
विद्यालयमा अध्ययनरत बालबालिकाका हजुरआमा, हजुरबुबालाई आमन्त्रित गरेर खादा, टीका लगाइ सम्मान गरिएको थियो ।

सो अवसरमा विद्यालयका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले हाम्रो जीवनमा हजुरबा र आमाले खेल्ने महŒवपूर्ण भूमिकालाई चिन्न र त्यसलाई कदर गर्दै मनाउने अवसर भएको बताए । प्रत्येक दिन हजुरबा हजुरआमालाई सम्मान गर्दा, उनीहरूले ल्याएका सबै आनन्द र बुद्धिको कदर गर्न, उनीहरूसँग बिताएका क्षणहरूको कदर गर्न र जीवनभरका सम्झनाहरू सिर्जना गर्न यसले महŒवपूर्ण भूमिका खेल्ने बताए ।

उनले हजुरबा, हजुरआमा र नातिनातिनाबीचको गहिरो सम्बन्ध देखाउनको लागि आज पर्वका रूपमा मनाइएको प्रस्ट्याए । यो सामाजिक संस्कार हो र मानिस संस्कारी भएपछि मात्र प्रगतिपथमा अगाडि बढ्न सकिन्छ भन्ने मान्यतालाई जीवन्तता दिन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा हजुरबा, आमाहरूलाई नातिनातिनाले नृत्य, विभिन्न मनोरञ्जनात्मक खेलहरू, कवितावाचन, नाटकहरू प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षिकाद्वय अस्मिता नेपाल र मधुलिका झाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here