प्रस, सिम्रौनगढ, २५ साउन/
बाराको सीमावर्ती भारतको घोडासहनमा चोरीको मोटरसाइकलसहित नेपाली युवकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

घोडासहन प्रहरीले सूचनाको आधारमा घोडासहन छठवाघाटनजीक चेकजाँचको क्रममा नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार युवकलाई पक्राउ गरेको हो । भारतीय प्रहरीले सो मोटरसाइकल नेपालबाट चोरी गरी भारतमा बिक्रीका लागि ल्याएको आशङ्का गरेको छ । भारतीय प्रहरीले नेपालबाट मोटरसाइकल चोरेर घोडासहनमा बिक्रीका लागि ल्याउने गरेको आशङ्का व्यक्त गरेको छ ।

नम्बर प्लेट नभएको सो मोटरसाइकलको कागजपत्र पनि नभएको प्रहरीले जनाएको छ । युवकसँग सो मोटरसाइकलको कागजपत्र माग गरिएको तर नदिएपछि मोटरसाइकलसहित युवकलाई नियन्त्रणमा लिनुपरेको भारतीय प्रहरीले बतायो । पक्राउ परेका युवक रौतहट जिल्ला बङ्कुल निवासी ओकिल यादव भएको भारतीय प्रहरीले खुलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here