प्रस, परवानीपुर, १८ साउन/

वीरगंजका एक व्यक्ति दुई दशकपछि आफ्नो घर फर्केका छन् ।

दुई दशकभन्दा बढी अवधिदेखि हराइरहेका वीरगंज–२ छपकैयाका भोला महतो पासी बिहीवार बिहान ९ बजे घर फर्केका हुन् ।

भारतको कोलकातामा एकजनाको घरमा पशु चौपायाको स्याहारसुसार गर्दै आएका भोला हावडा एक्सप्रेसको रेलबाट कोलकाताबाट रक्सौल हुँदै वीरगंज छपकैया आएका हुन् । पहिले उनको मानसिक अवस्था ठीक नहँुदँ घर फर्केका थिएनन् । तर केही महीनायता मानसिक अवस्थामा सुधार आएपछि आफू वीरगंज आएको उनले बताए ।

दुई दशकअघि उनकी पत्नी सीमा पासी पाँच वर्षीय छोरा र तीन वर्षीया छोरीलाई लिएर पोइलो गएकी थिइन् । सोही टोलका समसाद अलिसँग पोइलो गएकी सीमालाई अहिले समसादले पनि छोडेका छन् । शुरूमा सीमा र समसाद भारतको दिल्ली भागेका थिए । त्यही घरको छतबाट खसेर छोरोको मृत्यु भएको सीमाले बताउँदै आएकी छन् । उनी हाल १८ वर्षीय छोरीसँग वीरगंजमा बस्दै आएकी छन् । आफनी पत्नीलाई खोज्दै भारत गएका भोलापछि मानसिक अवस्था गुमेपछि हराएका थिए । पत्नीले २०७८ सालमा पति भोला महतो पासीको वडा नं २ बाट मृत्युदर्ता प्रमाणपत्र बनाइ अंशमा उनको एक कट्ठा जग्गा पनि हत्याएको परिवारजनले आरोप लगएका छन् । भोलाकी आमाले जिउँदो मानिसको मृत्युदर्ता प्रमाणपत्र बनाइ छोराको सम्पत्ति हिनामिना गरेका सबैलाई छानबीनको दायरामा ल्याइ आवश्यक कारबाही गर्न प्रहरी प्रशासनसँग अपील गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here